शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले किन बारम्बार गरिरहेको छ युद्धको कुरा ? भारतकाे आयो यस्तो बयान

शुक्रबार, १३ भदौ २०७६, ०८ : २६
शुक्रबार, १३ भदौ २०७६

जम्मू कश्मीरको संवैधानिक स्वायत्तता समाप्त गरिएपछि पाकिस्तानले भारतविरुद्ध आक्रामक बयान दिइरहेको छ ।

पाकिस्तानका रेलमन्त्री शेख रशिद अहमदले अक्टोबर नोभेम्बरमा भारतसँग युद्ध हुनसक्ने समेत भनेका थिए । यस्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुबै देश परमाणु हतियारले सुसज्जित छन् र युद्ध भए केही पनि बाँकी नरहने बताइसकेका छन् ।

पाकिस्तानको तर्फबाट आइरहेको आक्रामक बयानमा अब भारतको विदेशमन्त्रालयको पनि प्रतिक्रिया आएको छ ।

 भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले साप्ताहिक पत्रकार सम्मेलनमा भने, ‘पाकिस्तानबाट निकै नै गैर जिम्मेवारीयुक्त बयान आइरहेको छ र भारत यसको निकै कडा शब्दमा भर्त्सना गर्छ । हामी मान्छौं कि पाकिस्तानबाट जुन बयान आएको छ त्यो भारतको आन्तरिक मामलामा दखल हो ।’

रविश कुमारले भने, ‘पाकिस्तानी नेतृत्व र त्यहाँका टिप्पणीकारको  तर्फबाट निकै नै भड्किलो बयान आइरहेको छ । उनीहरुको बयान र ट्वीटमा जिहाद गर्ने कुरा बताइँदै छ । यो बयानमार्फत् उनीहरु स्थिती नियन्त्रण बाहिर भएको बताइरहेका छन् । पाकिस्तानले यो बुझ्नुपर्छ कि संसारलाई उनीहरुको चाल थाहा भइसकेको छ । अब उनीहरुको कुराले कोही पनि मुर्ख हुने छैन ।’

रविश कुमारले पाकिस्तानको मिसाइल परीक्षणबारे पनि कुरा गरेका छन् । उनले भनेका छन्, ‘भारत सरकारलाई यसबारे पहिले नै सुचित गरिएको थियो । ’

उनले भने, ‘भारत र पाकिस्तानबीचको स्थिती निकै नै नाजुक छ भनेर पाकिस्तानले संसारलाई देखाउन खोजिरहेको छ ।’ उनले पाकिस्तानको हवाई क्षेत्र भारतका लागि बन्द गर्ने विषयमा उनलाई कुनै जानकारी नभएको बताएका छन् ।


पाकिस्तानका रेल मन्त्री शेख रशिद अहमदले बुधबार पत्रकारसँग भने, ‘अक्टोबरको अन्तिम र नोभेम्बर–डिसेम्बरमा हिन्दुस्तान–पाकिस्तानबीच युद्धको स्थिती देखिरहेको छु । यसका लागि समुदायलाई तयार गर्न अग्रसर भएको छु । युद्ध हुनै पर्ने होइन तर जुन मोदीलाई बुझ्न ठूला मानिसहरुले गल्ती गरेका छन् त्यो गल्ती मैले कहिले पनि गरिनँ । वास्तवमा यो हो कि २४–२५ करोड मुसलमानले पाकिस्तानतर्फ हेरिरहेको छ । समग्र मतभेदलाई पछाडि छोडेर हामी कश्मीरिहरुका लागि एकजुट हुनुपर्छ ।’

यो महिना जब अगस्ट ५ तारिखमा भारतले जम्मू–कश्मीरको धारा ३७० खारेज गर्ने निर्णय गर्यो तब पाकिस्तानका प्रधानमन्त्रीले दुई पटक राष्ट्रको नाममा सम्बोधन गरिसकेका छन् । इमरान खानले बिहिबार पनि ट्वीट गरेर शुक्रबार सबै पाकिस्तानीलाई कश्मीरिहरुको समर्थन सडकमा उत्रन आग्रह गरेका छन् ।

 इमरानले ट्वीटमा भनेका छन्, ‘म चाहन्छु कि सबै पाकिस्तानी ३० अगस्टमा दिउँसो १२ बजेदेखि १२ः३० सम्म घरबाट बाहिर निस्कनुहोस् र भारतको कब्जामा भएको कश्मीरिहरुप्रति एकता देखाउनु होस् । यहाँ पछिल्लो २४ दिनदेखि कर्फ्यू लागेको छ ।’

उनले अर्को ट्वीटमा लेखे, ‘कश्मीरमा सर्वसाधारणको हत्या भइरहेको छ । यसमा महिला र बालबालिका समावेश छन् । मोदी सरकारको एजेन्डा जातीय जनसंहार हो । भारतले अवैध तरिकाले कश्मीरको दर्जा खोजेको छ । भारतको योजना कश्मीरको जनसंख्या परिवर्तन गर्नु हो ।’

यस्तै, भारतको तर्फबाट बिहिबार रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गरेर पाकिस्तानलाई निशानामा पारेको छ । राजनाथ सिंहले भने, ‘म पाकिस्तानलाई सोध्न चाहन्छु कि कश्मीर पाकिस्तानसँग थियो चाँही कहिले ? र पाकिस्तान पनि यही भारतबाट छुट्टिएर बनेको हो । हामी पाकिस्तानको अस्तित्वको सम्मान गर्छौं, यसको अर्थ यो होइन कि उसले कश्मीरको विषयमा लगातार विभिन्न बयानबाजी गरिरहोस् ।’

बिहिबार पाकिस्तानको सेनाले ट्वीट गरेर ब्यालेस्टिक मिसाइलको परीक्षणको जानकारी दिएको थियो । पाकिस्तानी सेनाका प्रवक्ताले ट्वीट गरेर भनेका थिए, ‘गजनवी मिसाइलको सफलतापूर्वक परीक्षण गरियो । यो मिसाइल २९० किलोमिटरसम्म मार गर्न सक्छ । यो मिसाइललले विभिन्न प्रकारका हतियारलाई लैजान सक्षम छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप