पृथ्वी र हाम्रा बा
पृथ्वी घुम्दैन
किन बा ?
घुम्छन् जस्तो लाग्छ मलाई त ?
नारायण घुम्ने हो
नारायण भन्या ?
भगवान्
सूर्य नारायण
सूर्य नारायण घुम्छन् रे
पृथ्वी घुम्दैन
जुन घुम्छ त ?
घुम्दैन
पृथ्वी घुमेको भए हामी आज यहाँ छौँ
भोलि तँ हेटौँडा पुग्नुपर्ने हो
हेटौँडा पुग्ने हैन
यो हाम्रो ढोका उता फर्किनुपर्ने हो
पृथ्वी घुमेका छैन
के घुमेका छन् भने
सूर्य नारायण घुमेको छन्
पाँचवटा घोडा भएको रथमा चडेर
सेकेन्ड भरी सास फेर्न पाउँदैनन्
सास नफेरी घुमी रहन्छन्
खान केही पर्दैन
काम त्यही हो
भगवानले अमृत घुसाइदिएका छन्
घुमेको घुमै गर्छन्
पृथ्वी नघुमोस् तर हामी घुम्नु पर्छ
हिँड्नु पर्छ, त्यसैले अब हामी खाना खान जाऊँ
खाना खाएर हामी सबै आआफ्नो बिस्तारामा मोबाइल च्यापेर पल्टियौँ
तर म निदाउन सकिनँ ।
सोचेँ ?
हामीले जति नै पढे पनि
बाको यी वाक्यहरु कुनै धुरन्धर विद्वानको भन्दा कमी छैन ।
जहाँ गए पनि, जति नै ठूलो काम गरेँ पनि, सबैले चिन्ने बुझ्ने भए पनि
बाका भनाइ सम्झना स्वरूप आउँछन्
हामी धेरै भाग्यमानी हौँ
बासँग बिताएका यी पलहरू अविस्मरणीय छन्
बा घर फर्कनु भयो
धेरै दिन बिते ।
बा, यो नातीको घरमा कहीले आउनु हुन्छ ?
पृथ्वी घुमेको छैन भन्ने हाम्रो बा नब्बे वर्ष पुगी सक्नुभएको छ
जीवन पुरानो हो भन्नु हुन्छ
तर, नयाँ आफूले सोच्ने हो भन्दै ठूला ठूला पाठ सिकाउनु भयो
बा म छिटै आउँदै छु हजुरलाई भेट्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन