केन्द्रीय संस्करण

‘घुँडा प्रत्यारोपण गरेर यसरी बन्न सकिन्छ तन्दुरुस्त’

आर्थराइटिसका कारण बाँचुन्जेल ऐय्या आत्थु गर्दै बस्नुपर्ने बाध्यता हटेको छः प्रो.डा. शिशिर लाखे

person explore access_timeभदौ १४, २०७६ chat_bubble_outline2
photo : Getty Image
टुना भट्ट

रातोपाटी

घुँडा धेरै खिएर बिग्रिदा हिँड्डुलमा समस्या हुन्छ, मानिसको जीवन कष्टकर बन्न पुग्छ । मालिस, व्याण्डेज लगायतका उपायले केही राहत पुग्न सक्छ, तर त्यो अस्थायी मात्र हुन्छ । त्यसले समस्याबाट पूर्णतः मुक्ति दिन सक्दैन ।

तर यसको अर्थ यो होइन कि त्यो समस्याबाट मुक्ति नै पाउन सकिन्न । वास्तवमा, विभिन्न कारणहरुले देखापर्ने घुँडाको समस्याबाट छुटकारा पाउने उपायको रुपमा नेपालमै पनि घुँडाको प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ । वास्तवमै भन्ने हो भने जोर्नीमा समस्या भइसकेपछि प्रत्यारोपण एउटा सबैभन्दा भरपर्दो र उत्तम विकल्पको रुपमा विकास भएको छ ।

घेरैलाई थाहा नहुन पनि सक्छ, घुँडा तथा जोर्नीसम्बन्धी समस्या विशेष गरी उमेर बढ्दै जाँदा हुने गर्दछ । जसरी उमेर छिप्पिँदै जाँदा मानिसमा कपाल फुल्ने, छालाहरुम चाउरी पर्ने जस्ता बुढ्यौलीका समस्याहरु देखापर्ने गर्छन्, ठीक त्यसै गरी नै धेरै जसो मानिसहरुमा बुढ्यौलीको आगामनसँगै घुँडा तथा हिपका हड्डीहरु खिइँदै जाने समस्या देखापर्ने गर्छ ।

घुँडासम्बन्धी सामान्य समस्यामा फिजियोथेरापी, जीवनशैलीमा परिवर्तन, औषधी, भिटामिन, क्याल्सियम आदिले काम गर्न सक्छ तर  जटिल अवस्थामा भने प्रत्यारोपण नै गराउनुपर्ने डाक्टरहरु बताउँछन् ।

विशेष गरेर उमेरको कारण घुँडा खिइने, घुँडा दुख्ने, घुँडा बांगिने, जोर्नी खिइने तथा नशा च्यापिने समस्या भएका र खेलकुदका कारण घुँडामा चोट लागेका व्यक्तिहरुलाई जोर्नी प्रत्यारोपण आवश्यक पर्दछ ।

यसै सन्दर्भमा हामीले घुँडा तथा जोनी, हिप प्रत्यारोपणबारे नेपाल मेडिसिटी अस्पताल अर्थोपेडिकस् तथा जोर्नी प्रत्यारोपण विभाग प्रमुख वरिष्ट हाडजोर्नी विशेषज्ञप्रो. डा. शिशिर लाखेसँग कुराकानी गरेका थियौं । प्रस्तुत छः सोही कुराकानीको उतार ।

के हो घुँडा प्रत्यारोपण ?

जब घुँडा बढी खिइएर, बढी बिग्रेर बिरामीलाई हिँडडुल गर्न गाह्रो हुन्छ, त्यसले दैनिक जीवनयापन गर्न नै धेरै कष्टदायी हुन्छ । साथै मानिसको ‘क्वालिटी अफ लाइफ’ पनि खराब बनाइदिन्छ ।

त्यसबाट पार पाउनेका लागि तपाईंले धेरै कोसिस गरिसक्नुभयो, औषधि खाएर हेरिसक्नुभयो, फिजियोथेरापी गरिसक्नुभयो, बेल्ट लगाएर हेर्नुभयो, बे्रस पनि लगाएर हेर्नुभयो तर कुनै पनि औषधी उपचारले काम गरेन । हिँडडुल गर्दा पनि दुख्ने, राति सुत्दाखेरि पनि दुख्ने, सामान्य हलचल गर्दा पनि दुख्ने । खुट्टा, घुँडा पनि टेढोँ भइरहेको छ भने त्यस्तो परिस्थितिमा एड्भान्स आर्थराइटिस (घुँडा वा जोर्नी बाङ्गिने) अवस्था आइसक्यो भन्ने बुझ्नुपर्छ ।

*****

कहिलेकाँही घुँडामा ब्रेस पनि लगाउनुपर्ने हुनुसक्छ । धातु, फोम, प्लाष्टिक र इलाष्टिक जस्ता कुराहरु मिलाएर बनाइएको ब्रेसले घुँडाको दुखाइ भएको जोर्नीको हड्डीलाई एक अर्कामा ठोक्किन, थिचिन दिँदैन, यसले दुखेको भागको हड्डीलाई सपोर्ट गर्ने गर्छ । यो लगाउँदा बिरामीलाई सहज भएको छ भने तत्कालको लागि त्योभन्दा बढी गर्नुपर्ने केही पनि हुँदैन । त्यसबाट धेरै समय विरामीलाई राहत हुन्छ ।

*****

त्यो अवस्थामा आइसकेपछि सामान्यतः कुनै पनि औषधीले काम गर्दैन । आजसम्मको मेडिकल साइन्सको उपचारमा त्यसका लागि घुँडा प्रत्यारोपण बाहेक अर्को विकल्प छैन । त्यो समयमा बिरामीलाई घुँडा प्रत्यारोपण सर्जरी नै गराउनुपर्छ । घुँडा प्रत्यारोपण सर्जरीले मात्रै विरामीलाई पीडाबाट राहत दिन सक्छ ।

अलि प्रष्ट पारेर भनिदिनुहोस् न, कस्तो अवस्थामा पुगेपछि घुँडा प्रत्यारोपण गर्ने ?

जोर्नीका हड्डी खिइने शुरुको अवस्थामा पक्कै पनि घुँडा प्रत्यारोपणको आवश्यकता पर्दैन । त्यसमा गर्ने भनेकै पेनकिलर औषधीको प्रयोग र फिजियोथेरापी हो । फिजियोथेरापीले घुँडाको पीडामा, दुखाइमा र खिइएको अवस्थामा लाभदायी हुने भएकोले  श्ुरुमा फिजियोथेरापी नै गर्ने हो । त्यसबाहेक, पेनकिलर औषधीको प्रयोग र तौल घटाउनु यसको शुरुको उपचार हो । तौल घटाउँदा पनि घुडामा शरीरको भार कम पर्न जान्छ र पीडा पक्कै पनि कम हुन्छ ।

यसका साथै कहिलेकाँही घुँडामा ब्रेस पनि लगाउनुपर्ने हुनुसक्छ । धातु, फोम, प्लाष्टिक र इलाष्टिक जस्ता कुराहरु मिलाएर बनाइएको ब्रेसले घुँडाको दुखाइ भएको जोर्नीको हड्डीलाई एक अर्कामा ठोक्किन, थिचिन दिँदैन, यसले दुखेको भागको हड्डीलाई सपोर्ट गर्ने गर्छ । यो लगाउँदा बिरामीलाई सहज भएको छ भने तत्कालको लागि त्योभन्दा बढी गर्नुपर्ने केही पनि हुँदैन । त्यसबाट धेरै समय विरामीलाई राहत हुन्छ ।

यति गरेपछि केही समयमै पुन समस्या आयो भने, पेनकिलर खाएर पनि दुखाइ पुन बल्झियो भने कहिलेकाँही घुँडामा सुई लगाउनुपर्ने पनि हुन्छ । सुई लगाउनुको एक मात्र उद्देश्य पनि दुखाइ कम गर्नु मात्रै हो ।

दुखाइ कम गराउनका लागि गरिने अर्को उपचार फिजियोथेरापी नै हो । त्यसले पनि केहि समय विरामीको पीडा कम गराउने काम गर्छ ।

तर सबै उपचारका उपायहरु अपनाइसकेपछि पनि निको नभएको खण्डमा अपरेशन बाहेक अर्को विकल्प रहँदैन । अपरेशन सुरुको स्टेजमा गरिँदैन, मध्यम अवस्थामा पनि गरिँदैन, त्यो एड्भान्स स्टेजमा नै गर्ने हो । भनेको कसैको उमेर औसतमा ६५/६८ मा हुन्छ भने कसैको अलि ढिलो पनि हुन्छ । कसैको अलि छिटो पनि हुन्छ ।

प्रत्यारोपणपछि के गर्नु हुन्छ, के गर्नु हुँदैन ?

प्रत्यारोपण गरेको जोर्नी भनेको मान्छेले बनाएको कृत्रिम जोर्नी हो । मान्छेले बनाएको जोर्नी प्राकृतिक जोर्नी जति राम्रो हुने कुरै भएन । यसको अर्थ सामान्य अवस्थामा जस्तो जोर्नीको चाल हुन्छ, त्यस्तो उत्कृष्ठ त हुँदैन, तर त्यसले बिरामीलाई धेरै राहत दिन्छ ।

विरामीले अपरेशन गरिसकेपछि टुक्रुक्क बस्न सक्दैन । केही हदसम्म पलेटी मारेर बस्न भने सकिन्छ । नभए अरु समय भनेको कुर्चीमा नै बस्ने हो । भुइँमा घुँडालाई सीधा राखेर त बस्न सकिन्छ । शौचालयमा प्यान प्रयोग गर्न मिल्दैन कम्बोड नै प्रयोग गर्नुपर्छ ।

*****

प्रत्यारोपण गर्दा कृत्रिम जोर्नीको प्रयोग गरिने हो । बुझ्नै पर्ने कुरा के हो भने यस्तो कृत्रिम जोर्नीको आफ्नै आयु हुन्छ । त्यसैले यो अपरेशन भनेको अलिकति उमेर बढी भएका मान्छेमा गर्ने गरिन्छ ।

*****

र, विरामीले अपरेशनपछि आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नै पर्छ । जस्तोः तौल बढ्न नदिने, खानपानमा विशेष ध्यान दिने, नियमित व्यायाम गर्ने लगायतका कुराहरुमा ख्याल गर्नैपर्छ ।

अपरेशनपछि समस्या बल्झिने भन्ने हुँदैन । तर, कहिलेकाँही कुनै कुनै अपरेशनमा समस्या आउन भने सक्छ । घुँडा प्रत्यारोपण सुरक्षित प्रकृया भएकाले यसमा डराउनु पर्दैन । केही समस्या आयो भने पनि सजिलै समाधान गर्न सकिने हुन्छ । यो अपरेशन दोहोर्याएर गर्न सकिने सुरक्षित अपरेशन हो । यो अपरेशन ९५ प्रतिशतभन्दा बढी सफल हुने गरेको तथ्याङ्क छ ।

प्रत्यारोपण पछि समस्या दाहोरिने सम्भावना नै हुँदैन त ?

प्रत्यारोपण गर्दा कृत्रिम जोर्नीको प्रयोग गरिने हो । बुझ्नै पर्ने कुरा के हो भने यस्तो कृत्रिम जोर्नीको आफ्नै आयु हुन्छ । त्यसैले यो अपरेशन भनेको अलिकति उमेर बढी भएका मान्छेमा गर्ने गरिन्छ ।

जति बढी उमेरमा गरियो त्यति नै कृत्रिम जोर्नीको आयु बढी हुन्छ । भनेको अर्थ जवान मानिसहरुमा कृतिम जोर्नी राखियो भने त्यसको आयु कम हुन्छ । त्यसो हुनुको कारण चाहिँ जवान मानिसहरुको गतिविधि, चलखेल धेरै हुन्छ । र त्यसले गर्दा पनि कृत्रिम जोर्नीको आयु कम हुने गर्छ र छिटो बिग्रिने सम्भावना हुन्छ ।

सामान्यतयाः ६५ वर्षको उमेरपछि गर्दा त्यसको रिजल्ट राम्रो हुन्छ । यसको अर्थ त्यो भन्दा कम उमेरमा प्रत्यारोपण गर्न हुँदैन भन्ने चाहिँ होइन । कसैलाई जवान उमेरमा पनि गर्नुपर्ने स्थिती सिर्जना हुनसक्छ । सानै उमेरमा जोर्नी प्रत्यारोपण गरेको खण्डमा १५ वर्षसम्ममा नै जोर्नी बिग्रिन पनिसक्छ । उमेर बढी भएपछिको अवस्थामा प्रत्यारोपण गरिएको छ भने त्यो झण्डै २० वर्षभन्दा बढी पनि टिक्न सक्छ ।

जोर्नी प्रत्यारोपणको अन्य विकल्प हुँदैन ?

एड्भान्स् आर्थराइटिसमा त छैन । तर, त्यो भन्दा मिड आर्थराइटिसको अवस्थामा (जोर्नी पूर्ण नबिग्रिसकेको अवस्थामा) छ भने हड्डीको अपरेशन (असी अटोमि) गराउन सकिन्छ । तर, एड्भान्स आर्थराइटिस (घुँडा वा जोर्नी बाङ्गिने) अवस्था आइसक्यो भने त प्रत्यारोपण बाहेक अरु विकल्प हुँदैन ।

कुन विकल्पलाई बढी उपयोगी मान्ने ?

बिरामीको अवस्था कुन स्टेजमा छ त्यसमा भर पर्छ । उपचार भनेको त्यसले दिने फाइदा वेफाइदा हेरेर नै निर्णय गर्ने हो । औषधि, सुई वा अपरेशन जे गर्दा पनि त्यसको असर र त्यसले उत्पन्न गर्न सक्ने जोखिमहरु जाँचेर मात्रै गरिन्छ । त्यसकारण कुनै उपचार पद्दतिमा जोखिम बढी छ र फाइदा कम छ भने त्यस्तो उपचार पद्दति सिफारिश गरिँदैन । तर हुनसक्ने फाइदा बढी छ र जोखिम कम छ भने त्यो अफर गरिन्छ ।

आर्थराइटिसको सामान्यतः तीन चरण हुन्छन् । हरेक चरणका लागि उपचार पद्धति फरक फरक छन् । पहिले यसलाई हामीले सुरुवाती अवस्था, मध्यम अवस्था र अन्तिम अवस्था (early stage, mid stage and late stage) कुन चरणमा छ भनेर छुट्याउँछौ । यी तीन अवस्थामध्ये कृत्रिम जोर्नी प्रत्यारोपण गर्नको लागि अन्तिम अवस्थामा नै सिफारिश गरिन्छ र त्यो चरणमा यो नै उत्तम विकल्प हो ।

प्रत्यारोपण कहिलेबाट सुरु भयो ? मेडिसिटी अस्पतालले कति जनामा प्रत्यारोपण गरेको छ ?

नेपालमा वीसौँ वर्ष पहिलेदेखि नै फाट्टफुट्ट घुँडा प्रत्यारोपण गर्दै आइएको थियो । तर यसले गति लिन सकेको थिएन र त्यो प्रचलनमा नै आइसकेको थिएन ।

पछिल्लो समय बिरामीहरुले यो उपचारपद्दितको फाइदाका बारेमा बुझ्न थालेका छन् र यसको माग पनि बढेको छ । त्यसमाथि थप, यो उपचार पद्दति बिरामीहरुको माझ सर्वसुलभ तरिकाले पुगिसकेको छ र यसलाई विरामीहरुले स्वस्कार गर्न थालेका छन् । त्यसैले बिरामीहरु यो उपचार गराउन आउने क्रम बढ्दो छ ।

नेपाल मेडिसिटीमा जोर्नी प्रत्यारोपण सेवा निकै उत्कृष्ट छ । उच्चतम प्रविधिको प्रयोग, सुविधासम्पन्न अस्पताल भएकाले पनि धेरै बिरामी आउने गर्नु भएको छ । दुई वर्ष नपुग्दै हामीले एक सय पचासभन्दा बढीमा प्रत्यारोपण गरिसकेका छौं । र सवै प्रत्यारोपण सफल पनि भएका छन् ।

*****

अपरेशनको भोलिपल्ट वा पर्सिपल्ट हामी बिरामीलाई एक वा दुई पाइला हिँडाउने प्रयास गराउँछौँ र तीन चारदिन पछि त हिँड्न सहयोग गर्ने यन्त्र (वाकर) को सहयोग लिएर बिरामीहरु राम्रोसँग नै हिँड्न सुरु गर्छन् ।

*****

बिरामीको प्रतिक्रिया कस्तो छ ?

बिरामीहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । हामीले वहाँहरुको प्रतिक्रियाको भिडियो पनि तयार पारेका छौँ । त्यो भिडियो पनि हाम्रो वेभसाइटमा हेर्न सक्ुनहुन्छ ।

कुनै बेलामा आर्थराइटिस लागेपनि जीवनभर निको नहुने रोगको रुपमा लिइने गरिइन्थ्यो । पहिले यस्तो रोग लागेको खण्डमा तेलले मालिस गरेर लठ्ठी टेकेर ऐय्या र आत्था भन्दै हिड्नुपर्ने बाध्यता थियो त कति ओच्छ्यान नै पर्ने समस्या थियो ।  

तर अब, आर्थराइटिसको उपचार सम्भव छ र उपचार पछि जति बाँचिन्छ पिडा मुक्त जीवन बाच्न सकिन्छ । यो कुरा बुझ्नु बुझाउनु जरुरी छ । 

अपरेशन पछि सामान्य अवस्थामा फर्किन कति समय लाग्छ  ?

अपरेशन गरिसकेपछि हामीहरुले विरामीको सहजताको लागि अन्य प्याकेज पनि दिने गरेका छौं । अपरेशन गरिसकेपछि अगाडिको दुखाइ त हराउँछ नै तर अपरेशनको दुखाइ त रहन्छ । यो मेजर अपरेशन भएकाले रिकभर हुन बिरामीलाई समय लाग्छ । 

अपरेशनको भोलिपल्ट वा पर्सिपल्ट हामी बिरामीलाई एक वा दुई पाइला हिँडाउने प्रयास गराउँछौँ र तीन चारदिन पछि त हिँड्न सहयोग गर्ने यन्त्र (वाकर) को सहयोग लिएर बिरामीहरु राम्रोसँग नै हिँड्न सुरु गर्छन् ।

प्रत्यारोपण पछि त्यसलाई सामान्य अवस्थामा ल्याउन थेरापी जरुरी हुने भएकोले धेरैदिनसम्म फिजियोथेरापी चलाउनु पर्छ । त्यसबाहेक तीन महिनासम्म घुँडाको सपोर्टको लागि वाकरको आवश्यकता पर्छ ।

बिरामीलाई डिस्चार्ज गरिसकेपछि हाम्रो फिजियोथेरापिस्टहरु घरमै गएर सहयोग गर्ने सुविधा दिएका छौं । साथै बीचबीचमा सामान्य फलोअपको लागि अस्पताल पनि आउनुपर्ने हुन्छ ।

त्यसबाहेक, यो कृत्रिम जोर्नी जोडिएका बिरामीको शरीरले त्यो जोर्नीलाई आफ्नो हो भनेर स्वीकार्न समय लाग्ने भएकोले ३ देखि ६ महिनासम्म अलिअलि दुख्नु सामान्य हो । कसैकसैलाई झन्डै एक वर्ष पनि लाग्न सक्छ । तर आत्तिनु हुँदैन । विस्तारै विरामी पूर्णतः निको भएर सामान्य जीवनमा फर्कन सक्छ ।

कमेन्ट

  1. Sept. 1, 2019, 11:34 a.m. suman shrestha
    operation garauda ko total charge kati lagxa hola ?
  2.  0 Reply
  3. Aug. 31, 2019, 3:54 p.m. ram krishna guragain
    please how much it cost in total.
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...