शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामनाम

शनिबार, १४ भदौ २०७६, १० : ४८
शनिबार, १४ भदौ २०७६

-साकार बाबु सुबेदी


तिम्रै पाइला पछ्याउँदै धेरै पटक काम गरियो । 
ठूला ठूला महल तिम्रै लागि इन्तजाम गरियो ।।

भन्यौ गर्दै जाऊ काम तिमी बन्न सक्छौ मै जस्तै ।
मैदान आज तिमीलाई छाडी कामको सम्मान गरियो ।।

बाँच्न त मान्छे जसरी पनि बाँच्छ संसारमा साथी ।
मरेरै बाँचेकाहरुलाई एक पटक सलाम गरियो ।।

सिसै सिसा को घरमा विराजमान थिएँ राम्रै थियो ।
एक झटारोका कारण आफ्नै नाम बदनाम गरियो ।।

सक्नेसम्म थेग्ने हो साकार यो मगजले दवावहरु ।
बहुलाउन निको नलागेरै यसको रामनाम गरियो ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप