शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गौहत्यामा संलग्नमाथि कारबाहीको माग

शनिबार, १४ भदौ २०७६, १७ : ४१
शनिबार, १४ भदौ २०७६

काठमाडौं । राप्रपा (संयुक्त) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले गौहत्यामा गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषी उपर कारवाहीको माग गरेको छ । 

सामुहिक गौहत्याको तत्काल छानविन गरी कडाभन्दा कडा कारवाहीको माग राप्रविसं (संयुक्त) ले गरेको छ ।

‘दोषी जोसुकै भए पनि आवश्यक छानविन गरी कानुनको दायरामा ल्याइनु पर्दछ । सरकारले तत्कालै कारवाही नगरेमा राष्ट्रिय अस्मिता जोगाउन हामी जस्तोसुकै कदम उठाउन पनि तयार छौं । यस्तो बाध्यात्मक कदमबाट उत्पन्न परिस्थितिको सरकार स्वयम जिम्मेवार हुनु पर्नेछ,’ राप्रविसं (संयुक्त) का अध्यक्ष धनसुर शाहीले भने ।

नेपालगंजबाट दैलेख लैजाने क्रममा १५० गाईमध्ये सुर्खेतको कटुवा जंगलमा २३ वटा गाई मृत भेटिएका थियो ।

संगठनका महासचिव विजय काफ्लेद्वारा शनिबार प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकै ठाउँमा त्यति ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय छ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप