युएईमा राजु र सम्झनाको धमाका, यसरी झुमे नेपाली
युएई । ‘राम्रा राम्रा केटाहरु होसियार । मलाई गार्हो भैसक्यो । भिनाजुले किन्दिएको सेतो घडी नाडीमा, तल तल सितारा रातो सारीमा...’ बोलको गीतले एकाएक कार्यक्रमको माओल तातियो । दर्शकहरु स्टेजमा नै नाच्न पुगे ।
गत शुक्रबार आबुधाबीस्थित अलऐनमा हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर मितेरी समाज युएईको संयोजन तथा अलऐनमा रहेका क्रियाशिल सामाजिक सघसंस्थाहरुको सहयोगमा तिज साँस्कृतिक धमाका–२०१९ सम्पन्न भएको छ ।
लामो समयपछि भएको उक्त कार्यक्रममा नेपालबाट चर्चित लोकदोहोरी गायक राजु ढकालको साथमा गायिका सम्झना लामिछाने मगरको प्रस्तुति रहेको थियो ।
गायिका लामिछानेले सितारा बितारा, को नाचेर थाक्ने, मायाले नबोली नबोली फसायो, मेरो माया त्यसै नि झन् राम्रो जस्ता चर्चित गित गायकी थिइन् ।
त्यस्तै गायक राजु ढकालले तातिरहेको भिडलाई झनै तताए । उनको हालै बजारमा आएको तिज गित ‘सुहायो चौपट्टै’ ले खचाखच दर्शकहरुको भिडलाई साम्य पार्न हम्मेहम्मेसमेत पर्यो । उनले ‘छाता हरायो मेरो पानी आउँदा छेक्ने छाता हरायो’ जस्ता चर्चित गीत प्रस्तुत गरेका थिए ।
दर्शकहरुको मागसँगै उनीहरुले ‘फुल फुलेर पहेल्यै भयो’ भन्ने गितमा दोहोरी गायका थिए ।
कार्यक्रममा मगर ब्रदर ग्रुपको विशेष प्रस्तुती रहेको थियो भने फ्युजन ग्रुप दुबईका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । साथै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो ।
मितेरी समाज युएईका अध्यक्ष प्रदिप पुन मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अथिति सस्थाका संरक्षक मोहन बुढाथोकी मगर रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल