बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी विदेशमन्त्री पोम्पेओको अभिव्यक्तिप्रति उत्तर कोरिया आक्रोशित

शनिबार, १४ भदौ २०७६, २२ : ४७
शनिबार, १४ भदौ २०७६

सोल-उत्तर कोरियाले ‘छलजन्य व्यवहार’ गरेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दिएको भनाइप्रति प्योङयाङको आलोचना आएको छ । उसले वासिङ्टनसँग आणविक वार्ताका लागि गर्दै आएको अपेक्षा ‘बिस्तारै हराउँदै’ गएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने प्रयासस्वरूप आवश्यक प्रक्रियालाई निरन्तरता दिने सहमति भएको भएपनि अमेरिकी विदेशमन्त्री पोम्पेओका उत्तर कोरियाबारे आएका भनाईलाई लिएर प्योङ्याङले अमेरिकी विदेशमन्त्रीको भनाई विरूद्ध आक्रोशजन्य भनाई ल्याएको हो ।

दुई देशका नेताबीच वार्तालाई निरन्तरता दिने सहमतिपछि पनि हालैका दिनहरूमा यसबारे कुनै प्रगति हुनसकेको छैन । तर दक्षिण कोरियासँग अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै विरोधमा उत्तर कोरियाले पनि एक पछि अर्को गर्दै छोटो दूरीका हतियार परीक्षणलाई निरन्तरता दिएको थियो ।

“अमेरिकासँग हामीले अपेक्षा गरेको वार्ता बिस्तारै हराउँदै गएको छ र अहिलेसम्म अपनाइएका उपाएहरूलाई हामीले पुनः परीक्षण गर्न बाध्य पारिएको छ,” उत्तर कोरियाली उप–विदेशमन्त्री चो सोन हुईले जारी गरेको एक विज्ञप्तिलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

चोको भनाई यसै हप्ताको शुरूमा अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाली गतिविधिलाई ‘छलकपटपूर्ण व्यवहार’को सज्ञा दिँदै यसलाई वेवास्ता गर्न नसकिने बताएपछि उत्तर कोरियाको यो भनाई आएको हो । 

नेता चोले भने, “यो किसिमको भाषा असंगतपूर्ण, उत्तेजक र अपमानजनक थियो । अमेरिकाले हाम्रो धैर्यलाई परीक्षण गर्नु गलत छ । यसले पछि पछुताउनुपर्नेछ ।”

उत्तर कोरियाको अमेरिकी कूटनीतिज्ञप्रतिको कटू आलोचना एक हप्ता पछि पुनः दोहोरिएको छ । अघिल्लो साता पोम्पेओलाई सङ्केत गर्दै उनको बोली र व्यवहारमा समस्या रहेको भन्दै यसले वार्ताको सम्भावनालाई चुनौति दिएको बताइएको थियो ।-एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप