शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सात गोलको थ्रिलरमा युभेन्टस विजयी

आइतबार, १५ भदौ २०७६, ०८ : १९
आइतबार, १५ भदौ २०७६

साबिक विजेता युभेन्टसले इटालियन लिगमा नापोली विरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गरेको छ । इन्जुरी समयमा कालिडो कोउलीबेलीले आत्मघाती गोल गर्दा युभेन्टस विजयी भएको हो ।

योसँगै नापोलीले ३ गोलले पछि परेको स्थिति उल्टाएको खेर गएको छ ।

डिफेन्डिङ च्याम्पियन युभेन्टसले ड्यानिलो, गोन्जालो हिग्वाइन र क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले खेलमा ३–० को अग्रता लिएको थियो ।

तर, १५ मिनेटको अन्तरालमा नापोलीका लागि कोस्टास मानोलास, हर्भिङ लोजानो र जियोभानी डि लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर, इन्जुरी समयमा आत्मघाती गोलले नापोलीले अंक बटुल्न सकेन ।

जीतपछि युभेन्टसले शतप्रतिशत नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । नापोली आठौँ स्थानमा सिमित बनेको छ ।

अर्को खेलमा एसी मिलानले ब्रेसिया १–० गोलले पराजित गर्यो । मिलान लिगको दशौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप