बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ चिनियाँ पक्राउ

१ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलर समेत बरामद
आइतबार, १५ भदौ २०७६, ०८ : ३७
आइतबार, १५ भदौ २०७६

काठमाडौं । नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ जना चाइनीज नागरिक पक्राउ परेका छन् । उनीहरु भदौ १३ गते साँझ नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । 

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो । 

नबिल बैङ्कबाट पैसा निकाल्दै गरेको अवस्थामा सो समूहका सुरुमा एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा बाँकी ४ जनाको पनि संलग्ता देखिएपछि उनीहरु दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ परेका हुन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलर समेत बरामद गरेको छ ।

पक्राउ परेका ५ जनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरु कमजोर एटीएम प्रणाली रहेका देश पुगेर नक्कली कार्डबाट पैसा निकाल्ने गरेको हुनसक्ने डीएसपी बोगटीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप