शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँमा अनुराधा पौडवाल साँझ

आइतबार, १५ भदौ २०७६, ०८ : ५५
आइतबार, १५ भदौ २०७६

काठमाडौं । भारतकी प्रख्यात गायिका अनुराधा पौडवाल नेपाल आएकी छन् । 

नेपाल–भारतबीचमा सदियौंदेखि स्थापित  कला, संस्कृति, धार्मिक र साहित्यलाई प्रवद्र्धन गराउने उद्देश्यका साथ प्रसंशा संरक्षण समूहले उनलाई नेपालमा ल्याएको हो ।

शनिबार कमलादीस्थित नेपाल प्रज्ञाप्रष्ठिान आयोजित कार्यक्रममा भारतको पद्म श्री पुरस्कारबाट सम्मानित गायिका अनुराधा पौडवाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले खादा, माला र ताम्रपत्रले सम्मानित गरेका थिए ।

पौडवालले करिब दुईघण्टा आफ्नो सुमधुर स्वरबाट विभिन्न भजन तथा गीतहरु प्रस्तुत गरेकी थिइन् । 

बरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटाको पहलमा पौडवाललाई काठमाडौँ ल्याइएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप