शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रिमियर लिग राउण्ड अप : लिभरपुलको विजयी यात्रा जारी, सिटी पछ्याउँदै

आइतबार, १५ भदौ २०७६, ०९ : २९
आइतबार, १५ भदौ २०७६

एजेन्सी । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा विजयी यात्रा जारी राखेको छ । 

शनिबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई उसैको मैदानमा ३–० गोलले हरायो । 

एकपक्षीय खेलमा लिभरपुलले ३३ औँ मिनेटमा आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । 

बर्नलीका चेरिस उडको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । त्यसपछि साडियो मानेले ३७ औँ मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । 

८० औँ मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुलको जित सहज बनाएका थिए । 

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले लगातार  चार जितसँगै १२ अंक बनाएको छ । समान खेलबाट चार अंक बनाएको बर्नली ११औं स्थानमा छ । 

यसैगरी अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले ब्राईटनलाई ४–० गोलले हरायो । घरेलु मैदानमा सिटीलाई जिताउन सर्जियो एग्युरोले दुई गोल गरे । केभिन डे ब्रुयन र बेर्नाडो सिल्भाले एक–एक गोल गरेका थिए ।

 
केभिनले खेलको दोस्रो मिनेटमै खाता खोलेका थिए । एग्युरोले ४२औं र ५५औं मिनेटमा लगातार दुई गोल गरे । सिल्भाले ७९औं मिनेटमा गोलगर्दै सिटिलाई सजिलै जिताए । जितसँगै सिटी दोस्रो स्थानमा छ । सिटीले चार खेलबाट १० अंक बनाएको छ । 

समान खेलबाट चार अंक बनाएको ब्राईटन १६औं स्थानमा छ । 

अर्को खेलमा लेस्टर सिटीले एएफसी बर्नमाउथलाई ३–१ गोलले हरायो । जितसँगै चार खेलबाट आठ अंक बनाएको लेस्टर तेस्रो स्थानमा उक्लिएको छ । बर्नमाउथ चार अंक सहित १६औं स्थानमा छ । 

अन्य खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई १–० र वेस्टहाम युनाईटेडले नर्बिच सिटीलाई २–० गोलले पराजित गर्यो । 

चेल्सी र सेफिल्ड युनाईटेडले २–२ तथा न्युक्यासल युनाईटेड र वाटफोर्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप