शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनुष्काले भनिन्, ‘मैले पाठेघर निकालिदिएँ’

आइतबार, १५ भदौ २०७६, १२ : ०५
आइतबार, १५ भदौ २०७६

भारतकी चर्चित सितारवादक अनुष्का शंकरले आफ्नो पाठेघर निकालेको खुलासा गरेकी छिन् ।

पाठेघरको संक्रमणले निकै ठूलो रुप लिएपछि उनले यस्तो कदम उठाएको जानकारी दिएकी छिन् । उनले यसबारे फेसबुक पोष्टमार्फत् जानकारी दिएकी छिन् ।

आफ्नो लामो लेखमा उनी लेख्छिन्, ‘गत महिना मैले दोहोरो शल्यक्रिया गराएँ । अब मसँग पाठेघर छैन । मेरो पेट र पाठेघरमा करिब १३ ट्युमर थिए । जसका कारण मेरो पाठेघर ६ महिनाको गर्भवती महिलाको जस्तो भएको थियो । डाक्टरले शल्यक्रियामार्फत् त्यसलाई निकालिदिए । केही महिनाअघि जब मेरो पाठेघर निकाल्नुपर्छ भनेर जानकारी पाएँ तब म तनावमा परेँ ।’

अनुष्का लेख्छिन्,   पाठेघर निकाल्ने कुराले मलाई भित्रैदेखि गलाएको थियो । यो म महिला हुनुको पहिचान गुमाउनु जस्तै थियो । भविष्यमा कुनै पनि सन्तान जन्माउन नसक्ने भय पनि थियो । यतिमात्र होइन यो शल्यक्रिया अघि मलाई लागिरहेको थियो कि कतै मेरा बालबच्चा आमाबिहिन हुने हो कि भन्ने पनि डर थियो ।’

अनुष्का भन्छिन्, ‘मैले यसबारे आफ्ना साथी र आफन्तसँग कुरा गरेपछि थाहा भयो कि हिस्टेरेक्टोमीको शल्यक्रिया गर्ने धेरै महिला छन् । पहिला मलाई यसबारे केही थाहा थिएन ।’

जब यो शल्यक्रिया यति साधारण छ भने यसबारे मानिस किन कुरा गर्दैनन्ः

अनुष्का लेख्छिन्, ‘म पूर्ण रुपमा अचम्मित थिएँ । यदि यो शल्यक्रिया यति साधारण छ भने मानिसहरु यसबारे किन कुरा गर्दैनन् । जब मैले यसबारे एक महिलासँग कुरा गरेँ तब उनले निकै अचम्मित गरिदिने कुरा गरिन् । आफूहरु हरेक ठाउँमा महिलासँग सम्बन्धित स–साना कुरा प्रचार नगर्ने बताइन् । ’

मेरो कम उमेरमा नै महिनावारी सुरु भयोः

अनुष्काले आफ्नो पाठेघरको शल्यक्रियाबारे जानकारी दिँदै भनिन्, ‘म ११ वर्षको हुँदा पहिलो पटक महिनावारी भएँ । मलाई हरेक २०–२५ दिनमा अत्यधिक पीडा हुन्थ्यो र म रगतले लत्पत्तिएको हुन्थेँ । धेरैपटक क पीडाका कारण भुइँमा नै लडिबुडी गर्दथेँ । डाक्टरले मलाई औषधी दिन्थे । मैले त्यो हरेक महिना खानुपर्दथ्यो ।’

उनले लेखेकी छिन्, ‘मलाई फाइब्रोएड गर्भाशयको समस्या हुँदा मेरो उमेर २६ वर्ष मात्र थियो । म ती डाक्टरलाई धन्यवाद दिन चाहन्छु जसले मलाई यो रोगबाट निकालेर मलाई दुई सन्तान जन्माउने मौका दिए ।’

उनी भन्छिन्, ‘सबैभन्दा पहिले मलाई पिसाब संक्रमण भयो । त्यतिबेला पनि अत्यधिक पीडा हुन्थ्यो । त्यतिबेला म हरेक दिन अस्पताल जानुपर्दथ्यो । म निकै कमजोर भएकी थिएँ । त्यतिबेला डिप्रेशनमा पनि गएँ । त्यति नै बेला आफ्नो एल्बम रिलिज गर्नका लागि राती तीन घण्टामात्रै सुत्ने वातावरण पाउँथे ।’

उनी लेख्छिन्, ‘जब म पहिलो पटक गर्भवती भएँ तब मैले अत्यधिक समस्याको सामना गर्नुपर्यो । तर हालै मलाई अत्यधिक पीडा महसुस भयो । समस्या बढ्दै गएपछि मैले शल्यक्रिया गर्ने सोच बनाएँ ।’

म कसैबाट सल्लाह चाहन्नँः अनुष्का

आफ्नो फेसबुक पोष्टमा अनुष्का शंकर लेख्छिन्, ‘अब म आफ्नोघरमा छु । ठिक छु । मैले अत्यधिक असाधारण सहयोग पाएँ । म भाग्यमानी छु । मैले कसैलाई सल्लाह दिनका लागि यस्तो गरिरहेको छैन । मलाई राम्रोसँग थाहा छ कि मेरो कहानी त्यस्तो असाधारण पनि होइन । महिला हरेक दिन कठिनाइसँग जुधिरहेका छन् । मैले शल्यक्रिया गरेको हुँ भनेर मात्र बताउन खोजेको हो । मैले आफ्नो शरीरको हानिकारक ट्युमर हटाइदिएको छु । ’

 ६ पटक ग्रामी एवार्डका लागि नोमिनेट भइसकेकी छिन् अनुष्का

उनी अहिले ३६ वर्ष पुगेकी छिन् । अहिलेसम्म ६ पठक प्रतिष्ठित ग्रामी अवार्डका लागि नोमिनेट भइसकेकी छिन् । सितार वादकको रुपमा आफ्नो करियर सुरु गरेको उनले २३ वर्ष पुगिसकेको छ । उनले १३ वर्षको उमेरमा आफ्नो पहिलो पब्लिक पर्फमेन्स दिएकी थिइन् । उनी विदेशमा हुर्किएकी हुन् । उनलाई सितार बजाउनुका साथै लेखनमा, अभिनय र कम्पोजिसनमा पनि शौख छ । राम्रो मौका पाएको खण्डमा उनी फिल्ममा संगीत दिने चाहना राख्छिन् ।

अनुष्काले करिब १५ वर्षको उमेरमा आफ्ना पितासँग ‘च्याट्स अफ इन्डिया’ नामको एल्बममा काम गरिन्  ।

बाल्यकालमा भएको थियो यौन शोषणः

सन् २०१३ मा उनले एक कार्यक्रममा आफूमाथि बाल्यकालमा यौन शोषण भएको जानकारी दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप