बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडमा प्रवेशपछि रानू मण्डलले भनिन्, ‘मेरो जीवनबारे एउटा फिल्म बन्नसक्छ’

आइतबार, १५ भदौ २०७६, १३ : ३९
आइतबार, १५ भदौ २०७६

करिब ६० वर्ष अघि उनी एक राम्रो परिवारमा जन्मिएकी थिइन् । दुर्भाग्यले उनी आफ्नो आमा–बुवासँग अलग्गिइन् । पछि उनले एक भान्सेसँग विवाह गरिन् जो बलिउड स्टार फिरोज खानको घरमा काम गर्दथे । उनीसँग उनी पश्चिम बंगालबाट मुम्बई आइन् । तर त्यसपछि उनको परिवारमा फाटो उत्पन्न हुन थाल्यो र जसका कारण जीवनयापनका लागि उनको संघर्ष थप बढ्यो ।

सन् २०१९ मा...

आज त्यही रानाघाट रेलवे स्टेशनकी गायिका रानू मण्डल, एक इन्टरनेट र एक उदीयमान बलिउड गायिका हुन् । रानूले आइएएनएससँग मुम्बईसँग कुराकानी गरेकी छिन् । उनले आफ्नो तीब्र रुपमा बढिरहेका प्रशंसकसँग फेसबुक लाइभ सेसन पनि गरेकी थिइन् । उनले भनिन्, ‘मेरो जीवनको कहानीमा एउटा फिल्म नै बन्न सक्छ । यो एक विशेष फिल्म हुनेछ ।’

केही हप्ताअघि मात्रै उनको एउटा भिडियो अनलाइनमा भाइरल भएको थियो जसमा उनी लता मंगेशकरको सदाबहार गीत ‘एक प्यार का नगमा हे’ लाई रेलवे प्लेटफर्ममा गाइरहेकी थिइन् । यो भिडियोमा विभिन्न च्यानल र म्युजिक कम्पोजरको ध्यान गयो जसमा हिमेश रेशमिया पनि संलग्न थिए । उनैले उनलाई प्लेब्याक गायिकाको रुपमा बलिउडमा लञ्च गरे । उनले रियालिटी शो ‘सुपरस्टार सिंगर’ को एक एपिसोडको पनि रेकर्डिङ गरे ।

उनले सफलताको स्वाद भर्खरै चाखिरहेकी छिन् तर भिडियो भाइरल हुनुअघि उनको जीवन अर्कै थियो । उनी याद गर्दै भन्छिन्, ‘म फुटपाथमा जन्मिएकी होइन । म एक राम्रो परिवारकी थिएँ तर यो मेरो भाग्य नै भन्नुपर्छ कि ६ महिनामै म आमा–बुवाबाट अलग्गिएँ ।’


उनलाई उनकी हजुरआमाले हुर्काएकी हुन् तर उनका लागि जीवन सहज थिएन ।

रानू भन्छिन्, ‘हाम्रो घर थियो । तर तपाईंलाई थाहा होला कि घर चलाउन मानिसको आवश्यकता पर्छ । थुप्रै दिन एक्लोपनमा बित्यो । मैले निकै संघर्ष गरेँ तर मैले भगवानलाई सधैं विश्वास गरेँ । म परिस्थिती अनुसार गीत गाउँथे । गीत गाउने मौका पाएर मैले गीत गाएको होइन, मलाई गीत गाउन मन पर्दथ्यो त्यसकारण गाउँथे ।’ उनले याद गर्दै भनिन्, ‘म लता मंगेशकरको गीत सिक्थेँ । उनीहरुले मलाई सिकाएका होइनन्, मैले रेडियो र क्यासेटबाट सिकेको हुँ । ’

वर्षौंपछि उनले विवाह गरिन् । रानूले भनिन्, ‘हामी विवाहपछि पश्चिम बंगालबाट मुम्बई सर्यौं । मेरा श्रीमान् नायक फिरोज खानको घरमा भान्से थिए ।’

त्यतिबेला उनका छोरा फरदिन कलेज जान्थे । रानूले भनिन्, ‘उनीहरुले हामीलाई निकै राम्रो व्यवहार गर्दथे । आफ्नो परिवारको सदस्यजस्तै । ’ उनले मुम्बईमा आफ्नो जीवनको आनन्द लिइन्, नयाँ नयाँ फिल्म हेरिन् जसमा ज्याकी श्रोफको फिल्म ‘हिरो’ पनि थियो । तर त्यसपछि उनको परिवार टुट्यो र उनी आफ्नो गृहजिल्ला फिर्ता भइन् । अब अहिले उनी निकै खुसी छिन् । आफ्नी छोरीसँग छिन् । उनी भन्छिन्, ‘म निकै खुसी छु र राम्रो महसुस गरिरहेकी छु । मुम्बईमा संगीतको सुविधा मेरो लागि निकै महत्व राख्छ । ती निकै महत्वपूर्ण छन् । मेरो घरबाट मुम्बई आउनु र हवाई जहाजमा फर्कनु पनि कठिन छ । मुम्बईमा मेरो घर भएको भए राम्रो हुन्थ्यो । तर मैले यसबारे सोच्न आवश्यक छैन । भगवान हुनुहुन्छ ।’

सलमान खानले उनलाई फ्ल्याट उपहारमा दिएको खबर फैलिएको थियो । यसबारे उनले भनिन्, ‘मैले अहिलेसम्म सलमानलाई भेटेकी छैन । तर उनको फिल्म ‘तेरे नाम’ निकै राम्रो फिल्म थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप