बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज

सोमबार, १६ भदौ २०७६, १५ : ५२
सोमबार, १६ भदौ २०७६

काठमाडौं– टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो ।  टेलिभिजनमा विचाराधीन मुद्दामा बोल्ने–बोलाउने कार्य भएको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका हुन्  ।

खड्गसिंहले दिएको उजुरीमाथि सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले मुद्दा खारेज गरिदिएको हो । 

यसैबीच सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रवि लामिछानेविरुद्ध पत्रकार खेम भण्डारीले पनि साता पहिले  प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप