मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

३८ लाख वर्ष अघि यस्ता देखिन्थे मानवपुर्खा

फेला परेको खप्परले मानवविकासक्रमको अनुसन्धानमा नयाँ फड्को
शनिबार, ११ माघ २०७६, १३ : १४
शनिबार, ११ माघ २०७६

अफ्रिकी मुलुक इथियोपियामा झन्डैझन्डै पूर्ण अवस्थाको प्राचीन मानव खप्पर फेला परेको छ । उक्त खप्पर आजभन्दा ३८ लाख वर्ष पहिले यस धरर्तीमा विचरण गर्ने मानव पुर्खाको हो भन्ने विश्वास गरिएको छ ।

मानव पुर्खा मानिएको अस्ट्रालोपिथेकस एनामेनसिसको ‘पूर्ण’ खप्पर यसरी फेला परेको पहिलो पटक हो, जसले मानव जातिको प्राचीन पुर्खाको विकासक्रमबारे नयाँ जानकारीहरु प्राप्त हुनेछन् ।

इथियोपियाको आफर क्षेत्रीय राज्यमा वोरान्सो–मिल्ले पालियोएन्थ्रोपोलोजिकल रिसर्च प्रोजेक्टअन्तर्गत विगत १५ वर्षदेखि अनुसन्धानकर्ताहरु काम गरिरहेका छन् । सोही सिलसिलामा विगत फेबु्रेअरी १६, २०१६ का दिन उक्त खप्परको माथिल्लो भाग फेला परेको थियो । त्यस क्षेत्रमा १६ घण्टा लामो गहन खोजीपश्चात उक्त खप्परको बाँकी भाग पनि फेला परेको थियो ।

त्यो खप्परको विस्तृत विश्लेषण र त्यो कहाँ फेला परेको हो भन्नेबारे गत भदौ ११, २०७६  बुधबारको नेचर जर्नलमा प्रकाशित गरिएको छ ।

‘मैले मेरो आँखामा विश्वासै गर्न सकिनँ जब मैले त्यस खप्परको बाँकी अवशेषहरु देखें’ क्लेभल्याण्ड म्युृजियम अफ न्याचुरल हिस्ट्रीका अनुसन्धानकर्ता तथा फिजिकल एन्थ्रोपोलोजीका क्ययुरेटर योहान्नेस हाइले सेलास्सिएले भने । ‘यो भनेको ‘युरेका’ (नयाँ चीज फेला पर्दाको अद्भूत आनन्दको क्षणः रातोपाटी) र सपना साँचो भएको क्षण थियो यो त्यस क्षेत्रमा हामीले फेला पारेको सबैभन्दा महत्वपूर्ण नमूना अवशेष थियो ।’

एमआरडी (MRD) नाम दिइएको यस खप्परले आजभन्दा ३९ लाखदेखि ४२ लाख वर्षपूर्व यस पृथ्वीमा रहेका, अस्ट्रालोपिथेकस एनामेनसिस भनेर चिनिने मानव जातिका पुर्खालाई प्रतिनिधित्व गर्छ । तिनीहरु हाम्रा मानव पुर्खाका सबैभन्दा नजिकका प्रजाति मानिएका अस्ट्रालोपिथेकस अफारेन्सिसका पनि पुर्खाहरु हुन्, जसबाट नै हाम्रा पुर्खाहरुको जीन होमो पैदा भएको विश्वास गरिन्छ । अफारेन्सिसहरु विगत ३० देखि ३८ लाख वर्षपहिले यस पृथ्वीमा विचरण गर्थे ।

बेभरली सायलरका अनुसार उक्त एमआरडी खप्पर पुरुषको जस्तो देखिन्छ, जसलाई मृत्यु भएपछि नजिकैको नदीको किनारमा गाडिएको थियो । सायलर उक्त अनुसन्धानका लेखक तथा केस वेस्ट्रन रिजर्भ युनिभर्सिटीमा स्ट्राटिग्राफी एण्ड सेडिमेन्टोलोजीका प्रोफेसर हुन् ।

उनीहरु नदीका किनारमा बसोबास गर्ने गर्थे, जुन क्षेत्र रुखहरुले घेरिएका हुन्थे । नदीबाट परका ठूला क्षेत्र चाहिँ स–साना बोटविरुवाहरुले ढाकिएका मैदान हुन्थे ।

‘एमआरडी ठूला तालका नजिकको सुख्खा क्षेत्रमा बस्ने गर्थे । हामी एमआरडीहरु बसोबास गर्ने क्षेत्रको वातावरणबारे बुझ्न र वातावरण परिवर्तनसँग त्यसको सम्बन्ध र त्यसले मानव विकासक्रममा पारेको असरबारे जान्नका लागि अझ गहन कार्य गर्न इच्छुक छौं ।’ नाओमी लेभिन भन्छन् । उनी युनिभर्सिटी अफ मिचिगनबाट उक्त अनुसन्धानका सहलेखक हुन् ।

यसअघि, अनुसन्धानकर्ताहरुले एनमेन्सिसका एउटा हड्डीको टुक्राको आधारमा एनामेन्सिसहरु मासिएको र तिनबाट अफारेन्सिसहरुको उत्पत्ति भएको मान्यता राख्थे । तर अहिले यो खप्परको आविष्कारले ती दुवै मानव पुर्खाका प्रजातिहरु एक लाख वर्षसम्म सँगसँगै बसोबास गर्ने गरेको तथ्योत्घाटन भएको छ ।

यो कुराले मानव पुर्खाहरुको विकासक्रम क्रमबद्ध भएको थियो भन्ने सोचलाई चुनौति दिएको छ । 

एनामेन्सिसलाई बुझ्दै जाँदा

अनुसन्धानकर्ताहरुले खप्पर फेला पारेर अध्ययन गर्दै जाँदा थाहा पाए उनीहरु यसअघि कहिल्यै नदेखेको अनुहारलाई हेदैछन् भनेर ।

खप्परका विशेषताहरुलाई क्याटलगमा उतारियो ताकि पूर्वी र दक्षिण अफ्रिकाबाट फेला परेका अहिलेसम्म ज्ञान होमिनिन प्रजातिहरुसँग त्यसलाई तुलनात्मक अध्ययन गर्न सकियो । त्यस खप्परका केही निश्चित पक्षहरुले यो अरु प्रजातिसँग कसरी जोडिएको हुन सक्छ भन्ने पनि खुल्यो ।

अनुसन्धानका सहलेखक तथा म्याक्स प्लान्क इन्स्टिच्यूट फर इभोलुसनरी एन्थ्रोपोलोजीका पोस्ट डक्टरल अनुसन्धाकता स्टेफन मेलिलोका अनुसार समग्र रुपमा अस्ट्रालोपिथ्सहरु उनीहरुको ठूलो अनुहारले चिनिन्छि । तर आधुनिक मानवको अनुहार जस्तो हुने गरी त्यसको विकासक्रम हाम्रो जीन होमोका उत्पत्ति भएपछि भएको हो । यो त्योबेला हो, जुनबेला प्रारम्भिक मानव जातिले औजारहरु चलाउन थाले र परिष्कृत खालका खानेकुराहरु खान शुरु गरे ।

अस्ट्रेलोपिथेकस जिनसका अहिलेसम्म ज्ञात सबैभन्दा पुराना सदस्य एनामेन्सिसहरुमा मिश्रित गुणहरु देखिन्छन् । यसको अनुहार बाहिर निस्केको र चिउडो पनि अघिल्तिर फर्केको हुन्छ । 

मेलिलोका अनुसार यो नै त्यो भीमकाय अनुहारको शुरुवात हो, जुन जटीलखालका आहाराहरुलाई खान तथा कडा खालका खानेकुराहरु चपाउनका लागि निर्माण भएको थियो । अनुहारका हड्डीहरु तनाव झेल्नका लागि बनेका थिए । खप्परमा रहेका कुकुर दाँत ठूला खालका थिए, तर तुलनात्मक रुपमा त्यो अफारेन्सिसको कुकुर दाँत भन्दा चाहिँ अलि सानै थियो ।

मस्तिष्क हुने खप्परको भाग हाम्रा अन्य प्रारम्भिक पुर्खाहरुको जसतै साँघुरो र सानो थियो र अनुसन्धानकताहरु होमो जिनस उत्पत्ति भएपछि  मस्तिष्कको क्षमता कसरी विकास भएको थियो भन्ने बुझ्न अझै कोशि गरिरहेका छन् । हाइले–सेलासिएको सिद्धान्त के छ भने होहोहरुले धरै औजारहरु प्रयोग गरे, धेरै मासुहरु खाए र यसका खुला वासस्थानहरुमा यत्रतत्र घुमफिर गरे जसले गर्दा उनीहरुलाई थप धेरै निर्णयहरु लिन उत्प्रेरित गर्यो ।

हाइले–सेलेसिए भन्छन्, ‘एमआएडीमा प्रारम्भिक र परिवर्तित अनुहारका गुणहरु छन् जुन म एउटै खप्परमा देख्ने आशा गर्दिनँ ।’

प्रजातिहरुमा देखापरेका केही गुणहरु कालान्तरमा देखापरे, जकि अरुहरु चाहिँ पुराना प्रारम्भिक पुर्खाहरु धेरै नजिकसँग मिल्दाजुल्दा छन् ।

आजसम्म, हामीसँग प्राचीन ज्ञात मानव पुर्खाका बारेमा ठूलो अन्तराल छ, जुन ६० लाख वर्ष पुरानो तथा तीस लाख वर्ष पुरानाको बीच छ । यो खोजले यो दुई  अन्तरालका बीचमा भएका अन्तरघुलनका सन्दर्भमा पुलको काम गरेको छ, मेलिलो भन्छन् ।

विकासक्रमको साँचो

एनामेन्सिसको पहिचानले अनुसन्धानकर्ताहरुलाई मानवपुर्खाका प्रारम्भिक विकासक्रम कसरी भयो भन्ने बुझन् सहयोग गर्दछ । उनीहरुले एमआरडी खप्परका विशेषताहरुलाई ३९ लाख वर्ष पहिले फेला परेको तर अहिलेसम्म प्रजाति छुट्टिइनसकेको कारण बेलोहडेली भनेर चिनिने खप्परको टुक्रासँग तुलना गरेका थिए । यसबाट अनुसन्धानकर्ताहरुले एनमेन्सिस जस्तो देखिने उक्त बेलोहडेली अफारेन्सिस प्रजातिको भएको टुंगोमा पुगेका छन् ।

बेलोहडेलीको खप्परको टुक्रा ३९ लाख वर्ष पहिलेको अफारेन्सिसको हो भन्ने टुंगा लागेपछि ती दुई प्रजातिहरु करिब करिब १ लाख वर्षसम्म सँगसँगै बाच्ेको थिए भन्ने तथ्य पनि उजागार भयो । ‘परम्परागत रुपमा हामी मानव जातिको क्रमबद्ध विकास भयो भन्ने सोच्दै आएका थियौं’, हाइले–सेलासिए भन्छन्, तर तिनीहरु कम्तिमा पनि १ लाख वर्षसम्म सँगसँगै बाँचेका थिए । यसले उनीहरुको सम्बन्धमा परिवर्तन आयो । उनीहरुको मातृप्रजाति त्यहाँ छँदा छँदै नयाँ प्रजाति कसरी देखापरे ?’

एउटा कुरा उनीहरुको संकुचता पनि हुन सक्छ । साना जनसंख्या आफैंमा बाँच्न सक्छ र त्यो समयक्रममा धेरै परिवर्तनहरुबाट गुज्रन सक्छ– जुन उनीहरुलाई आफ्ना मातृ प्रजातिबाट फरक पार्न पर्याप्त हुन्छ– उनी भन्छन् । यसको अर्थ, उनीहरु परस्परमा निर्भर रहेर बाँच्न सक्छ ।

एनामेन्सिस र अफारेन्सिस यस क्षेत्रमा एकापसका निकट रहेर बसोबास गरे, यस अर्थमा भूगर्भविद्हरु उनीहरु कसरी संकुचनमा गएभन्ने कुरा पत्ता लगाउन खोजिरहेका छन् । त्यस क्षेत्र सक्रिय र विविधकतायुक्त, ज्वालामुखीको विस्फोटनपछि बनेको चट्टाने पहाडहरु भएको थियो । त्यो महादेश पर पर सर्दै जाँदा पातलो पनि हुँदै गएको थियो, जसले गर्दा उनीहरुलाई संकुचनमा पुर्याएको हुन सक्छ ।  यो नै उनीहरुको उत्पत्ति र संरचनाबीचको कडी हुन स्क्छ, सायलर भन्छन् । ‘हामी के सोच्ने गथ्र्यौं भने एउटा एनामेन्सिस विस्तारै समयक्रममा एउटा आफरेन्सिसमा परिणत भयो होला’, मेलिलो भन्छन्, ‘हामी अझे पनि के सोच्छौं भने यी दुई प्रजातिहरुको एउटै पुर्खा हुनुपर्छ, तर यो नयाँ खोजले ती दुवै प्रजातिहरु एउटै समयक्रममा लामो समयसम्म सँगै बसोबास गर्ने गर्थे । यसले मानवोत्पत्ति एवं विकासक्रमको हामा मान्यताहरुलाई परिवर्तन गरिदिन्छ र नयाँ प्रशन खडा गरिदिन्छः के यी दुई प्रजातिहरु खानेकुरा वा बसोबासका लागि प्रतिस्पर्धा गरिरहको थिए ?’

ती दुई प्रजातिका जनसंख्याहरु एकापसमा मिसिए वा मिसिएनन् भन्ने कुरा विवादकै विषय हो । तर अहिलको लागि, अनुसन्धानकर्ताहरु यी प्रारम्भिक मानव पुर्खाका बारेमा थप अध्ययन गर्न उत्सुक भएका छन् ।

‘अनामेन्सिस पहिलेदेखि नै हामीलाई पहिल्यैदेखि केही थाहा भएको एउटा प्रजाति थियो, तर यो मस्तिष्कछेउको खप्पर समेत फेला परेको पहिलो प्रजाति हो’, मेलिलो भन्छन्, ‘अन्ततः यो अनुहारलाई नाम दिन सक्नु पनि राम्रो कुरा हो ।’

(सिएनएनमा प्रकाशित एस्ले स्ट्राइकल्याण्डको रिपोर्टको नेपाली अनुवाद ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप