शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिप्स, फ्रेन्स फ्राई, ससेजजस्ता खानामात्र खाँदा बेलायतमा एक किशोरको दृष्टिनै गुम्यो

मङ्गलबार, १७ भदौ २०७६, १३ : ४९
मङ्गलबार, १७ भदौ २०७६

एजेन्सी । बेलायतको ब्रिस्टोल निवासी एक १७ ववर्षीय किशोरले चिप्स र क्रिप्समा मात्र निर्भर रहँदा आँखाको ज्योति गुमाएका छन्  । 

बीबीसीका अनुसार किशोरले ठप्पै देख्न छाडेपछि उनी आँखा चिकित्सक कहाँ पुगेका थिए । त्यो समयसम्म उनको दृष्टि फर्काउन नसकिने गरी बिग्रिसकेको थियो ।  

ती किशोरले प्राथमिक विद्यालय छाडेको बेलादेखि फ्रेन्स फ्राई, चिप्स र सेतो पाउरोटी मात्र खान्थे । त्यसबाहेक उनको खान्की भनेको ह्यामबर्गर अथवा ससेज पनि थियो ।  
परीक्षणका क्रममा उनको शरीरमा चरम भिटामिन अभाव र कुपोषणले गर्दा हुने क्षति भएको देखिएको थियो । 

नाम उल्लेख नगरिएका ती किशोर १४ वर्षको उमेरमै थकित हुने र अस्वस्थ हुने समस्याका कारण चिकित्सककहाँ पुगेका थिए । परीक्षणबाट उनमा भिटामिन बी१२को कमी देखिएको थियो । 

चिकित्सकले त्यो समय उनलाई सन्तुलिन आहारमा जोड दिन सिफारिस गरेका थिए । तर उनले डक्टरको सुझावलाई लत्याउँदै बजारको खानामात्र खाना जारी राखे ।

तीन वर्षपछि उनको आँखाको ज्योति धमिलो हुँदै गएपछि उपचारको लागि उनलाई ब्रिस्टोल आँखा अस्पताल लगियो । 

किशोरको उपचारमा संलग्न डा. डेनिज एटनले किशारेको समस्याबारे बताउँदै भनिन् ,‘उसको दैनिक खाना भनेकै चीप मात्र थियो । केहिले काँही पाउरोटी र ह्यामबर्गरका खाएको देखिन्छ । फलफूल र तरकारी त उनले खाएकै थिएनन् ।’

‘किशोरले हामीलाई बताए अनुसार उसलाई धेरै जसो खाना हेर्न पनि मन पर्दैन थियो ,’ एटनले भनिन् ।

किशोरको शरीरमा भिटामिनको मात्रा परीक्षण गर्दा भिटामिन बी १२को अतिरिक्त अन्य महत्वपूर्ण भिटामिनका अतिरिक्त कपर, सेलेनियम र भिटामिन डीजस्ता खजिनको अभाव देखिएको थियो । 

तर उनको तौलमा पनि ठिक्क थियो, थोरै पनि होइन, धेरै पनि होइन । हेर्दा स्वस्थ देखिने शरीरमा भने पौष्टिकताको चरम अभाव देखिएको थियो । 

‘उनको शरीरको हड्डीमा खनिज थिएन । उमेरको मानिसको लागि यो डरलाग्दो कुरा हो,’ डा. एटनले भनिन् ।

उनको ज्योतिमा अहिले दृष्टिबिहीन भन्न सकिनेस्तरमा ह्रास आएको छ । 

‘उनको आँखाको बीचभागमा कालो धब्बा देखिएको छ । अब उनले गाडी चलाउन सक्दैनन् । पढ्न, टिभी हेर्नका साथसाथै मानिसको अनुहारमा भिन्नता छुुट्याउन कठिन हुन्छ ,’डा. एटनले भनिन् ।

चिकित्सकहरुका अनुसार ती किशोरलाई भएकोजस्तो समस्या समयमै पहिचान भएमा उपचार सम्भव हुन्छ । तर धेरै ढिलो भएमा भने आखाँका( अप्टिक) नर्भको नर्भ फाइबर मर्छ र क्षति स्थायी हुन्छ । 

डा. एटनका अनुसार यस्तो समस्या निकै थोरै मानिसमा देखिने भए पनि खाना मन नगर्ने सन्तान भएका अभिभावक सतेच हुनुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप