बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा दोश्रोपटक सिंगापुरबाट मन्त्रीहरुसँग 'छलफल'

मङ्गलबार, १७ भदौ २०७६, १४ : ३६
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं– सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत दोश्रो पटक क्याविनेट सदस्यहरुसँग छलफल गरेका छन् ।

आज १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरुले आफ्नो कामका बारे प्रधानमन्त्रीलाई अपडेट गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छ ।

यसअघि पनि प्रधानमन्त्री ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत सिंगापुरबाटै मन्त्रिपरिषद् बैठक सञ्चालन गरेका थिए ।

त्यतिबेला विदेशबाट मन्त्रिपरिषद् बैठक गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । साथै, बैठकको वैधानिकता, गोपनियता र साइबर सुरक्षाबारे पनि प्रश्न उठाइएको थियो ।

आलोचना भएपछि मन्त्रिपरिषद् बैठक आयोजनाको विषयमा प्रधानमन्त्री र सरकारकै प्रवक्ताको कुरा बाझिएको थियो । सञ्चारमन्त्री गोकुलप्रसाद बासकोटाले सो बैठक मन्त्रीपरिषद् बैठक नभएको बताए पनि प्रधानमन्त्री स्वयम्ले भने सिंगापुरबाट मन्त्रिपरिषद् बैठक सम्पन्न गरिएको जानकारी दिएका थिए ।

त्यही भएर यसपटक भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले मन्त्रीहरुसँग ‘छलफल’ भनेर उल्लेख गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप