बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी अभिनेत्रीको न्युड सिन हेर्न दर्शक बस्थे घन्टौ लाइन

मङ्गलबार, १७ भदौ २०७६, १५ : ५२
मङ्गलबार, १७ भदौ २०७६

मुम्बई– ९० को दशकमा कयौं सुन्दर अभिनेत्री बलिउडमा प्रवेश गरे । तिनीहरु थोरै समयमा धेरै नाम कमाउन समेत सफल भए ।  सो समयकी अभिनेत्री मध्येकी एक हुन्  सोनम । सोनम ‘त्रिदेव’ र ‘बिश्वासघात’ जस्तो फिल्मबाट रातारात हिट समेत भइन् ।

ओए, ओए गर्ल के नामबाट समेत चिनिएकी सोनम ९०को दशककी बोल्ड अभिनेत्रीमा पर्दथिन् । चर्चित निर्माता निर्देशक उनलाई आफ्नो फिल्ममा लिन उनको घरको चक्कर काट्ने गर्दथे । सो समय अभिनेत्री बोल्ड सिन दिन र बिकनी लगाउन निकै डराउँथे । तर सोनमलाई भने केही आपति थिए ।

आज समाचारमार्फत सोनमको ती सत्य बाहिर ल्याउने कोसिस गरिएको छ । जसको कारण उनले बलिउडलाई बाईबाई गरेकी थिइन् । २ सेप्टेम्बर १९७२ मा जन्मिएकी सोनमको असली नाम बख्तावर खान हो । फिल्म दुनियाँका लागि उनले आफ्नो नाम चेन्ज गरेर सोनम राखेकी थिइन् ।

१९८८ को फिल्म ‘विजय’ बाट अभिनय करियर उनले सुरु गरेकी थिइन् । यस फिल्लमा उनको किस थियो । जसको कारण बलिउडमा हंगामा मच्चियो । पहिलो फिल्ममा नै बोल्ड सिन दिएर चर्चामा रहेकी सोनम ‘त्रिदेव’ बाट रातारात स्टार भइन् । यही फिल्मको गीत ‘ओए ओए’ बाट उनलाई ओए ओए गर्ल समेत भन्न थालियो । 

‘त्रिदेव’ पछि उनले फिल्म ‘मिट्टी और सोना’ मा न्युड सिन दिएर बलिउडलाई नै चकित पारिन् । दर्शकले फिल्मको उक्त सिन हेर्न घन्टौ लाइनमा बसेर टिकट समेत काटे । यसपछि उनले कयांै फिल्ममा बोल्ड अन्दाज प्रस्तुत गरिन् । 

अभिनयको करियर उचाई रहेकै समय उनले राजिव रायसँग विवाह गरिन् । विवाहपछि बलिउडलाई भनिन् बाईबाई । विवाहपछि उनले श्रीमान्को साथ देश समेत छोडिन् ।  अन्डरवल्र्डबाट उनलाई लगातार धम्की आउने गर्दथ्र्यो । सोही कारणले उनले देश छोडेकी हुन् केही समाचारमा उल्लेख छ । 

२०१६ मा उनले श्रीमानसँग डिबोर्स् गरिन् । त्यसपछि उनले मुरली पोडुवलीसँग दोसे विवाह गरिन् । अहिले उनी घरपरिवारमै खुसी छिन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप