शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला अदालतको आदेश बदर माग गर्दै रवि लामिछाने उच्च अदालतको शरणमा

मङ्गलबार, १७ भदौ २०७६, १६ : २८
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौँ– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेश बदर माग गर्दै टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पुगेका छन् । 

पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछाने ५ लाख र कँडेललाई  ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उक्त आदेश बदरको माग गर्दै लामछिाने र कँडेल मंगलबार उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् ।

लामिछाने र कँडेललाई अघिल्लो सोमबार न्यायाधीश हेमन्त रावलको इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो । 

लामिछाने र कँडेलले फौजदारी कार्यिवधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।

उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप