बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंक र ग्लोबल कि टेक्नोलोजिज बीच क्यासब्याकको सम्झौता

मङ्गलबार, १७ भदौ २०७६, १९ : ०२
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी क्यूआर मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक मार्फत् भुक्तानी गर्दा १०% क्यास ब्याक प्राप्त गर्न सकिन्छ । 

अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५% क्यास ब्याक प्राप्त हुन्छ । यो योजना भाद्र १८ देखि आश्विन १ गते सम्मका लागि लागू हुनेछ । 

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप