बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतद्वारा झापामा विद्यालय निर्माण

मङ्गलबार, १७ भदौ २०७६, २३ : ३२
मङ्गलबार, १७ भदौ २०७६

झापा- झापामा भारत सरकारको सहयोगमा विद्यालय निर्माण गरिएको छ । जिल्लाको गौरादह नगरपालिका ५ मा निर्माण गरिएको श्री स्कुल चौन माध्यामिक विद्यालयको महान्यायाधिवक्ता अग्नि खरेल र नेपालका लागि भारतको राजदूत मञ्जिभसिंह पुरीले संयुक्त रुपमा सोमबार उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कुमार कार्की, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल लगायत नेपाल सरकारका राजनीतिक तथा आधिकारिक प्रतिनिधि, प्रदेश नं १ को राज्य सरकार, सामुदायिक अगुवा एवम् बहुसंख्यक रुपमा नेपाल भारत साझेदारीका मित्रहरुको सहभागिता थियो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस स्कुलचौन उच्च माध्यमिक विद्यालय सन् १९६५ मा प्राथमिक विद्यालयबाट सुरु भई सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा  स्तरोन्नति भएकोे हो ।

यस विद्यालयले उच्च माध्यमिक तहका विभिन्न कार्यक्रमहरु प्रदान गर्दै आएको छ । विद्यालयमा करिब ११५० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६०% छात्रा रहेका छन् । श्री स्कुलचौन उच्च माध्यमिक विद्यालय झापा जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित छ । भारत सरकारको ३.५७ करोड रुपैंया अनुदान सहयोगमा निर्मित यस दई तल्ले नयाँ संरचनामा २५ वटा कक्षा कोठाहरु रहेका छन् जसमा प्रयोगशाला, प्रधानाध्यापक, पुस्तकालय, कर्मचारी, लेखाशाखा, बहुउद्देशीय कक्षका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै फर्निचरका साथै शौचालय र कम्पाउण्ड वाल निर्माण गरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप