बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बोरिस पहिलो परीक्षामै फेलः संसदमा सांसदको कब्जा, बहुमत गुमाए

बुधबार, १८ भदौ २०७६, ०७ : ५१
बुधबार, १८ भदौ २०७६

बीबीसी

ब्रिटेनको संसदमा बोरिस जोनसोनको ब्रेग्जिट नीतिलाई ठूलो झट्का लागेको छ । सत्ताधारी कन्जर्भेटिभ पार्टीका विद्रोही सांसदले विपक्षी सांसदसँग मिलेर सरकारलाई संसदमा हराएका छन् ।

जुलाईमा प्रधानमन्त्री बनेपछि बोरिस जोनसोनको संसदमा यो पहिलो परीक्षा थियो । तर ब्रेग्जिट मुद्दामा एक प्रस्तावमाथि भएको मतदानमा उनलाई ३०१ सांसदले  मात्र भोट दिए जबकी ३२८ सांसदले उनको विरोध गरे ।

उनको हारको अर्थ यो हो कि अब त्यहाँका संसदमा तिनै सांसदको प्रभाव भएको छ र उनीहरु कुनै सम्झौता बिना नै ब्रिटेन युरोपेली संघबाट अलग्गिने भन्ने प्रस्तावमाथि रोक लगाउन सक्छन् ।

जबकी बोरिस जोनसोनले सम्झौता भए वा नभए पनि अक्टोबर ३१ सम्ममा ब्रिटेन युरोपेली संघबाट अलग हुनैपर्ने भन्दै आएका छन् ।

अब यो समयसीमालाई स्थगित गर्नका लागि बागी र विपक्षी सांसद बुधबार एक बिल पेश गर्न सक्छन् र संसदको दुबै सदनबाट पारित गरेर कानून बनाउन सक्छन् ।

हारपछि रिसाएका प्रधानमन्त्री बोरिस जोनसोनले आफूले समयसीमा अघि नै आम निर्वाचन गराउनका लागि संसदमा एक प्रस्ताव पेश गर्ने बताएका छन् ।

बोरिस जोनसोनले भने, ‘किनकी म उनीहरुको योजनालाई मान्दिनँ, त्यसकारण निर्णय गर्नैपर्छ । चुनाव होस् भनेर म चाहन्नँ, जनता पनि चाहँदैनन् तर भोलि यदि यो बिल पास भए अक्टोबर १७ मा यसलाई सुल्झाउनका लागि जनताले चुनाव गर्नैपर्छ ।’

यस्तै विपक्षका नेता, लेबर सांसद जेरेमी कार्बिनले प्रधानमन्त्रीले बुधबार अर्थात् आज नो–डीलको विरोध गर्ने प्रस्तावको समर्थन गर्नुपर्ने बताएका छन् ।

जेरेमी कार्बिनले भने, ‘म मतदानको विषयमा आएको निर्णयको स्वागत गर्छु । हामी एक संसदीय लोकतन्त्रमा बस्छौं, राष्ट्रपति भएको लोकतन्त्रमा होइन । प्रधानमन्त्रीले हाउस अफ कमन्सको सहमतिले शासन चलाउँछन् जुन जनताको प्रतिनिधी हो । उनी आम निर्वाचनको लागि प्रस्ताव ल्याउन चाहन्छन्, यसमा कुनै समस्या छैन । तर त्यसअघि उनीहरुले एउटा बिल पास गराउनुपर्छ जुन कुनै सम्झौताबिना युरोपेली संघबाट अलग्गिने निर्णयको विरोध गर्छ ।’

२१ टोरी सांसदले गरे विद्रोहः

ब्रिटेनमा ब्रग्जिटको विषयमा बागी सांसद र बोरिस जोनसोनबीच मंगलबार राती २१ टोरी सांसदले आफ्नै सरकारलाई हराउनका लागि विपक्षलाई साथ दिए । यसमा थुप्रै पूर्व क्याबिनेट मन्त्री संलग्न थिए ।

अन्तिम प्रतिस्पर्धा हुनुअघि सत्तारुढ कन्जर्भेटिभ पार्टीका सासद फिलिप लीले पार्टी परिवर्तन गर्दै लिबरल डेमोक्रेट्समा संलग्न भए । बोरिस जोनसोनले संसदलाई सम्बोधन गरिरहेकै बेला ब्रेकनेलका सांसद फिलिप ली जुरुक्क उठेर विपक्षी खेमामा उठेर बसे ।

संसदमा मतदानको नतिजा आएपछि प्रधानमन्त्री कार्यालय डाउनिंग स्ट्रिटले विद्रोह गर्ने सांसदहरुको ह्विप खोसिने बताइएको छ ।

अर्थात्, यसको अर्थ यो हो कि यी सांसद कन्जर्भेटिभ पार्टीको संसदीय दलबाट निष्कासित हुनेछन् ।

ब्रिटेनमा अहिले संसद र सरकारबीच वारपारको लडाईंजस्तो स्थित बनिसकेको छ ।

सांसद कुनै सम्झौताबिना ब्रिटेनले युरोपेली संघबाट सम्बन्ध नतोडोस् भन्ने चाहन्छन् र बोरिस जोनसोनले सम्झौत भए पनि वा नभएपनि अक्टोबर ३१ मा ब्रिटेन युरोपेली संघबाट अलग हुने वचनका साथ प्रधानमन्त्री बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप