डडेल्धुरामा स्क्रब टाइफसका २७ बिरामी भेटिए
डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल जानकारी दिए ।
दश दिनको अवधिमा अस्पताल पुगेका १२८ ज्वरोका बिरामीलाई जाँच गर्दा स्क्रब टाइफसबाट २७ सङ्क्रमित भेटिएका हुन् । अस्पताल आउने सुदूरपश्चिम प्रदेशका डडेल्धुरासहित बैतडी, दार्चुला, बझाङ र डोटीका बिरामीसमेत आउने गरेकाले डडेल्धुरा जिल्लाका मात्रै नभएर अन्य जिल्लाका पनि रहेका ल्याब इन्चार्ज भुषालले बताए ।
आर्थिक वर्ष २०७५/७६ मा जिल्लाको अजयमेरु गाउँपालिकामा पहिलोपटक देखापरेको स्क्रब टाइफसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको थियो । जिल्लामा पनि स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । प्रदेशका पहाडी जिल्लामा गत वर्ष ४१ दिनको अवधिमा १३० लाई जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालको तथ्याङ्क छ ।
पछिल्लो समय किटजन्य रोगको महामारी पहाडी जिल्लामा फैलिँदै गएको तथ्याङ्कमा देखिन्छ । स्क्रब टाइफस लागेमा बिरामीलाई समान्यतय ज्वरो आउने, मांशपेशी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्नेजस्ता लक्षण देखापर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेलले बताए ।
स्क्रब टाइफसको प्रमुख लक्षण छालामा घाउ देखिने भए पनि सो अस्पतालमा बढी जसो टाउको दुख्ने, आँखाको नानी दुख्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने लक्षणका बिरामी आउने गरेका मेडिकल सुपरिटेन्डेन्ट कँडेल बताउनुभयो । व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिदाँ यो रोगको सङ्क्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिन उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?