शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा

बुधबार, १८ भदौ २०७६, ११ : २९
बुधबार, १८ भदौ २०७६

काठमाडौं –आईएमईको मुख्य प्रायोजन रहेको चाहना मिडिया प्रालिद्वारा उत्पादित नेपालको सबैभन्दा ठूलो रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार‘को अव उत्कृष्ट दश अर्थात टप टेन सांगीतिक प्रतिस्पर्धा हुने भएको छ ।

७ प्रदेशका मुख्य शहरहरु धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिशनमा प्रतियोगिताका लागि कुल ३५० जना प्रतिस्पर्धी छानिएका थिए ।

यी प्रतिस्प्रिर्धीहरुबाट बिभिन्न चरणको अडिसन पार्दै बिनोद दनुवार (उदयपुर) , चेतन गोतामे (स्याङजा) , दीपेन्द्र राइ (भोजपुर) , मुना अर्याल (चितवन) , पबिन्द्र सुनार (बाजुरा) , प्रभुराज पाण्डे (बाजुरा) , रामकुमार नेपाली (रामेछाप) , रविराज शाह (सर्लाही ), शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) लगायत दश प्रतियोगी मात्र टप टेन स्पर्धामा पुग्न सफल भएका हुन् । प्रतियोगिताको आगामी एपिसोडमा यी दश प्रतिस्र्धीबिच रोमान्चकारी भिडन्त हुने आयोजकले जनाएको छ ।

प्रत्येक बिहिबार र शुक्रबार बेलुकी ८ :३० बजे एपी.वान एचडी. र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आइएमइ.नेपाल लोक स्टारको प्रथम पुरस्कार रु. ५० लाख रहेको छ । द्वितीय पुरस्कार रु. २५ लाख रहेको प्रतियोगिताकमा तृतीयले रु. १० लाख पाउनेछन् । 

सबै बिजेतालाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था समेत रहेको छ ।

सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बि.बि. अनुरागी निर्णायक रहेको प्रतियोगिता डिशहोमको अशोसिएसन, सगरमाथा सिमेन्टद्वारा संचालित, लिट्मस केबलद्वारा विद्युतीय अनुरक्षण र दिव्य कुकिङ ओयलद्वारा सह–प्रायोजित गरिएको छ । 

कार्यक्रमका भोटिङ पार्टनर आइएमइ पे र बैंकिङ पार्टनर कृषि विकास बैंक, इन्सोरेन्स पार्टनर सिटीजन लाईफ इन्सोरेन्स, होटल पार्टनर होटल काठमाडौं इन्, ट्राभल पार्टनर इस्ट एण्ड वेस्ट ट्राभल एजेन्सी रहेका छन् ।
प्रमोशन तथा बजार व्यवस्थापन एडप्याड प्रा.लि रहेको प्रतियोगिता कुल ३६ श्रृखलामा पुगेर सकिने छ । करिब १० करोड रुपँैया लागत लाग्ने यो रियालटी शो नेपालकै सबैभन्दा ठुलो रियालटी शो रहेको आयोजकको दाबी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप