शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पशुचौपायाका गोठ बन्दैछ उपत्यकाका सडक

व्यवस्थापनमा महानगर उदासिन
बुधबार, १८ भदौ २०७६, १२ : १८
बुधबार, १८ भदौ २०७६

उपत्यकामा छाडा पशुचौपायाका कारण सडकम गुड्ने सवारी साधन र हिँड्ने यात्रुहरुले समेत सास्ती खेप्दै आएका छन् । छाडा चौपायाका कारण सवारी दुर्घटना बढेको ट्राफिक प्रहरी महाशाखाका डिएसपी पदमबहादुर विष्टले बताए । दुई लेन मात्रै भएका भित्री सडकमा चौपायाले जामसमेत गरेको उनले बताए । ‘सवारी गुड्ने सडकमा चौपाया डुल्छन्, पैदलयात्रु हिँड्ने फुटफाथमा पसल थाप्ने हुँदा पैदल यात्रुले सस्ती भोगको छन्’, उनले बताए ।

काठमाडाँै महानगरपालिकाले ट्राफिक प्रहरीसँग समन्वय गरेर छाडा छोडिएका वस्तुभाउलाई नियन्त्रण लिएर लिलाम गरेको भनिए पनि सडक र गल्लीगल्लीमा पशुचौपाया बाक्लै देखिन्छन् । उपत्यका आसपासमा गाई फार्म सञ्चालन गर्ने किसान बढेसँगै छाडा पशु गल्ली छेउ, चोक, दोबाटोमा सयौँको सङ्ख्यामा आश्रय लिँदै आएको ट्राफिक प्रहरीले जनाएको छ । छाडा चौपायाको व्यवस्थापन गर्ने जिम्मेवारी महानगरको भए पनि खासै ध्यान दिएको पाइँदैन ।

सडकमा हिँड्ने पशुचौपाया र कुकुरका कारण निर्धक्क भएर सवारी चलाउन समस्या हुने बालकुमारीदेखि गोपीकृष्ण हलसम्म नेपाल यातायात चलाउने चालक खिम श्रेष्ठले बताए । ‘सडकमा सवारीको चाप, त्यसमाथि साँढेहरु बसमा ठोक्किन आउँछन्, दूधदिने समयसम्म गाई पल्ने अनि सडकमा छाड्ने फार्म सञ्चालकलाई महानगरले कारबाही गर्नुपर्छ’, उनले भने ।

गाई फार्म खोल्नुभन्दा पहिला सञ्चालकले दूध नदिने गाई र साँढे गोरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पूर्वयोजना बनाउन आवश्यक रहेको उनको भनाइ छ । बानेश्वरदेखि जाउलाखेलसम्म ट्याम्पो चलाउँछिन् विपना तामाङ । उनी पनि चौपायाले बाटो अवरोध गरेको बताउँछिन् । उनी भन्छिन्, ‘गाई पालेर दूध खाने अनि आम्दामी गर्ने तर गाई र बर गोरुको ख्याल नगर्नेलाई उपत्यकाका नगरपालिकाहरुले छिटोभन्दा छिटो कारबाहीको दायराम ल्याउनुपर्छ । ‘पशुचौपायाको के गल्ती ? दाम्लोबाट फुत्किएपछि जता पनि जान्छन् । पशुको के दोष, उपत्यका वरपर गाई पालन गर्ने व्यक्तिहरुमा मानवीयता हराएका कारण पशुचौपायले अनाहकमा दुःख पाएका छन्’, उनले भनिन् ।

*****

पशुलाई दुःख दिनेलार्ई मुलुकी अपराध संहिताको परिच्छद २६ को दफा २९० मा ‘पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने । कसैले कुनै पुशपक्षीलाई कुटी, हिर्काई बोक्नसक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा र अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिने वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारण सार्वजनिक रूपमा  छाड्न  अन्य कुनै किसिमबाट निन्दनीय वा क्रूर व्यवहार गर्न नहुने’ उल्लेख छ ।

*****

बिरामी भएर हिँड्न नसक्ने गाईलाई भक्तपुरमा कुकुरहरुले टोकेर रगतसँगै जिउँदो गाईको मासु कुकुुुरले लुछेको देखेको समेत उनले सुनाइन् । गाईसँगै साँढे, बहर पशुपति क्षेत्रमा बर्सेनि छाड्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा पनि सडकमा हिँड्ने र गुड्नेले समस्या भोग्दै आएका छन् । छाडा पशुचौपायाका कारण उपत्यकामा मात्रै नभएर देशभरका मुख्य सहरमा पैदलयात्रु र सवारी साधनले आवागमनमा समस्या भोग्नुका साथै दुर्घटना बढ्दै गएको छ ।

पशुलाई दुःख दिनेलार्ई मुलुकी अपराध संहिताको परिच्छद २६ को दफा २९० मा ‘पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने । कसैले कुनै पुशपक्षीलाई कुटी, हिर्काई बोक्नसक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा र अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिने वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारण सार्वजनिक रूपमा  छाड्न  अन्य कुनै किसिमबाट निन्दनीय वा क्रूर व्यवहार गर्न नहुने’ उल्लेख छ ।

फार्म  सञ्चालकहरुले गाईले बाच्छा जन्माउँदा, गाईले दूध दिन छाड्यो भने चौपायालाई सडकमा छाड्नेहरुलाई उपत्यकाका महानगर र नगरपालिकाले निगरानीमा राखेर कानुन बमोजिम कारबाही गर्न सकेका छैन ।  रोगी, वृद्ध र सडकमा दुर्घटनामा परेका पशुचौपायालाई खाने र बस्ने ठाउँको अभाव हुँदा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाले व्यवस्थित गौशाला बनाउन सकेका छैन् । खानेकुरासँगै बस्ने ठाउँको अभावका कारण रोगी, घाइते, भोका छाडा चौपाया दुर्घटनामा परेको चौपायालाई महानगरले व्यवस्थित गौशाला बनाउन सकेको छैन ।

राष्ट्रियसभामा सासंदहरुले सडकमा बेवारिसे छाडिएका चौपायालाई व्यवस्थापन गर्न सरकारसँग माग गरेका थिए । पशुलाई बेवारिसे अवस्थामा सडकमा छाड्नेलाई कानुन अनुसार यथासक्दो छिटो कारबाही गर्नुपर्ने उनीहरुको माग थियो ।

*****

उपत्यकाभित्रका छाडा पशुचौपायाको व्यवस्थापन गर्नका लागि सबै नगरपालिकासँग समन्वय गरेर उपत्यकामा गौशाला बनाउने उनले बताए । दुई सय ५० वटा बहर गोरुलाई लिमामी गरेको महानगरले जनाएको छ । सडकमा छाडा छोडिएका बहरगोरुलाई भोजपुर, तेह्रथुम, धनकुटा लगायतका स्थानमा बिक्री गरिन्छ । महानगरभित्रका घरघरमा पालिएका पशुचौपायालाई चिप्स लगाइदिने काम गरिहेको नगर प्रहरी प्रमुख सापकोटाले बताए । २ सय ५० वटा चौपायालाई चिप्स लगाएको उनले बताए । हाल वडा नम्बर ३२ पशुचौपायालाई चिप्स लगाउने काम भइरहेको छ ।

*****

ललितपुर महानगरपालिका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश सिलवालका अनुसार पशुचौपायाले सडकमा सवारी दुर्घटना बढाएको छ । पैदलयात्रुले समेत सास्ती खेप्दै आएको उनको भनाइ छ । ललितपुर महानगरपालिकाले सडकमा हिँड्ने पशुचौपायालाई व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिकाले जस्तै ट्राफिक प्रहरीसँग समवन्य गरेर चौपायाको व्यवस्थापन गर्न समिति बनाउन नसकोको उनले बताए । छाडा चौपायाका कारण सडकको छेउमा र बीचमा भएका बिरुवालाई जोगाउनसमेत गाह्रो भएको उनले बताए । सडकमा छाडिएका चौपायाका कारण सडकमा लगाएका बोटबिरुवा मासिँदै गएको उनले बताए ।

सडकमा भएका पशुचौपायालाई छलेर सवारी गुडाउँदा पैदलयात्रु र साना सवारी साधन बढी दुर्घटनामा पर्ने गरेको पूर्वट्राफिक प्रहरी निरीक्षक तथा ट्राफिक स्वयं सेवक सीताराम हाछेथुले बताए । ‘ट्राफिक प्रहरीले सडकमा आउँने चौपायालाई खोला किनार करिडोरसम्म पु¥याउँछन् । ती चौपायालाई कहिले काठमाडौँ कहिले ललितपुर, कहिले भक्तपुर करिडोरको बाटो हुँदै उपत्यकाका विभिन्न ठाउँमा पुग्छन्’ उनले भने ।

काठमाडौँ महानगर, ललितपुर महानगरपालिका र भक्तपुर महानगरपालिकाले चौपायाको कानमा अँध्यारोमा टल्किने रङ वा स्टिकर टाँसिएको खण्डमा छाडा चौपायाको कारण रातको समयमा दुर्घटना कम हुन सक्ने उनको भनाइ छ ।  

छाडा पशुचौपायालाई व्यवस्थापन गर्न महानगरले दुई वर्ष अगाडिदेखि चितवन र टोखामा गौशाला निर्माण गर्ने भने पनि अझैसम्म बनाउन सकेको छैन । गौशालाका लागि जग्गाको खोजीकार्य भइरहेको काठमाडौँ महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । उपत्यकाका अन्य नगरपालिका भन्दा कम सङ्ख्यामा सडकमा छाडा चौपाया हिँड्ने गरेको काठमाडौँ महानगरको दाबी छ । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार सडकमा छाडिएका चौपायाका लागि उपत्यकाभित्र गौशाला निर्माण गरिने भएको छ ।

‘महानगरले चितवन र टोखामा गौशाला बनाउँदैन,’ उनले भने, ‘उपत्यकाका नगरपालिकालाई पायक पर्ने स्थानमा गौशाला बनाउँछौँ ।’ उपत्यकाभित्रका छाडा पशुचौपायाको व्यवस्थापन गर्नका लागि सबै नगरपालिकासँग समन्वय गरेर उपत्यकामा गौशाला बनाउने उनले बताए । दुई सय ५० वटा बहर गोरुलाई लिमामी गरेको महानगरले जनाएको छ । सडकमा छाडा छोडिएका बहरगोरुलाई भोजपुर, तेह्रथुम, धनकुटा लगायतका स्थानमा बिक्री गरिन्छ । महानगरभित्रका घरघरमा पालिएका पशुचौपायालाई चिप्स लगाइदिने काम गरिहेको नगर प्रहरी प्रमुख सापकोटाले बताए । २ सय ५० वटा चौपायालाई चिप्स लगाएको उनले बताए । हाल वडा नम्बर ३२ पशुचौपायालाई चिप्स लगाउने काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप