बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सानेपामा जुट्यो सहमति, ‘सूत्र’ खोजिँदै बूढानीलकण्ठमा !

६ महिना म्याद थप गरिएका भ्रातृसंस्थाको यस्तो छ हालत
बुधबार, १८ भदौ २०७६, १२ : ५८
बुधबार, १८ भदौ २०७६

काठमाडौं–नेपाली काँग्रेसले पार्टीको आन्तरिक गतिविधि सहमति बेगर अघि नबढाउने निष्कर्ष निकालेको छ । 

पार्टी कार्यालय सानेपामा असार २२ मा प्रारम्भ भइ भदौ १७ गतेसम्म पटक–पटक गरी १६ गते दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको घरेलु राजनीति सहमतिबाट अघि बढाउने निष्कर्ष निकालेको हो ।

नियमावली, नेविसंघको तदर्थ समिति गठन, पार्टीका विभाग तथा केन्द्रीय कार्यसम्पादन समिति गठनलगायत विषयमा समेत सहमतिका साथ अघि बढ्ने निष्कर्ष बैठकले निकालेको छ । 

यस्तै बैठकले म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र विधान निर्माणका लागि एनपी साउदको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ । जसमा नवीन्द्रराज जोशी, प्रदीप पौडेल, गुरु घिमिरे, श्याम घिमिरे, गोविन्द भट्टराई, ईश्वरी न्यौपाने सदस्य रहेका छन् । समितिले दुई साताभित्र विधानलाई परिमार्जन, एकरूपता, नयाँ निवेदन परेका भ्रातृ, शुभेच्छुक, जनसम्पर्क समितिको विषयमा निर्णय लिएर केन्द्रीय समितिमा बुझाउने छ । यता बेल्जियम र क्यानडास्थित जनसम्पर्क समितिको विवादलाई सहमतिबाटै टुंगाइएको छ । जततउकस्ररचबतयउबतष्।


३३ देशमा रहेको काँग्रेस  निकट नेपाली जनसम्पर्क समितिका मध्य म्याद सकिएका १८ ओटा नेपाली जनसम्पर्क समितिको अधिवेशन ६ महिना भित्र गरिसक्नु पर्ने, काँग्रेसको निर्णय छ ।

कार्यसम्पादन र केन्द्रीय विभाग समिति गठन
पहिलेको कार्यसम्पादन समिति विधान विपरित भएको भन्दै विघटन गरिएपछि फेरि गत चैतमा सो समिति गठनको प्रयास भएको थियो । सभापति शेरबहादुर देउवाले चैत २२ गते आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका थिए । उक्त बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच ६०–४० को अनुपातमा कार्यसम्पादन समिति गठन गर्ने सहमति भएको थियो । 

यता १३ औँ महाधिवेशनदेखि पार्टीको तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौला संकटमा परे । ६०–४० मा सिटौला पक्ष कता भन्नेमा नेताहरु विवादित बने । जसको कारण थियो– ९० जना केन्द्रीय सदस्यबाट २९ जना छनोट गर्नु र पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका कृष्णप्रसाद सिटौलाले भाग नपाउनु ।

पौडेलले आफूलाई ४० प्रतिशत दिँदा सिटौलालाई ६० प्रतिशत हिस्सा लिने पक्षले समेट्नुपर्ने बताएका थिए । यस्तै देउवा पक्षले लामो समयदेखि सिटौला आफ्नो पक्षमा नरहेकाले पौडेलले नै समेट्नुपर्ने तर्क गरेका थिए ।

दुवै नेताको कुरा सुनेपछि सिटौला केही नबोली बैठकबाट रिसाउँदै बाहिरएका थिए । त्यसपछि कार्यसम्पादन समिति गठनको कार्यमा बे्रक लागेको थियो । २०७२ फागुन २४ मा पार्टीको नेतृत्व सम्हालेका देउवाले अहिलेसम्म केन्द्रीय विभाग गठन गर्न सकेका छैनन् ।


महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने ४२ वटा विभाग अहिलेसम्म गठन हुन नसकेका हुन् ।  विभागमा पनि भागबण्डा नमिल्दा अहिलेसम्म गठन हुन नसकेको काँग्रेस नेताहरुको आरोप छ ।  

यस्तो छ भातृ संस्थाको हालत
काँग्रेसका अधिकांश भातृ संस्थाको म्यादभित्र अधिवेशन गर्न नसकेर तदर्थ समितिमा चलेका छन् ।  यस्तै अधिवेशन नै नहुँदा १० भातृ संस्थाको नेतृत्व अवैधानिक रुपमा काम कारबाही गरिरहेका छन् । पार्टी पदाधिकारी तथा केही केन्द्रीय सदस्यसँगको छलफलपछि प्रवक्ता शर्माले नेपाल विद्यार्थी संघ लगायतका भातृ संस्थाहरुबारे यथाशीघ्र निर्णय लिइने बताए । 


‘अवैधानिक’ रुपमा काम कारबाही अघि बढाइरहेको १० भ्रातृ संस्थालाई महाधिवेशन गराउने प्रयोजनमा ६ महिनाका लागि वैधानिकता दिइएको छ । विधानअनुसार नेपाली काँग्रेसका हरेक भातृ संस्थाको महाधिवेशन दुईदेखि तीन वर्षमा हुने गरेको छ । प्रत्येक दुई वर्षमा हुनुपर्ने महाधिवेशन यथोचित र मुनासिव कारण देखाएर १ वर्ष थप गर्न पाइन्छ ।तर, काँग्रेस केही भातृ संस्थाको संस्थापना कालदेखि नै अधिवेशन हुन सकेको छैन ।

नेपाल किसान संघमा १५ वर्षदेखि भानु सिग्देल अध्यक्षमा विराजमान छन् । यस्तै आदिवासी जनजाति संघमा पनि १५ वर्षभन्दा बढी भइसक्दा पनि इन्द्रबहादुर गुरुङले नेतृत्व गरिरहेका छन् । नेपाल तामाङ संघको पनि त्यही हालत छ । केवलबहादुर लामा अध्यक्षको भएको १० वर्ष भइसकेको छ । यस्तै १० वर्षदेखि अनिरुद्र ठाकुरले नेपाल ठाकुर संघ हाँकिरहेका छन् ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेको मीन विश्वकर्माले ७ वर्षदेखि नेपाल दतिल संघको महाधिवेशन नगराएर अध्यक्षमा कब्जा जमाएर बसेका छन् । नेपाल प्रजातन्त्र सेनानी संघको पनि हाल त्यस्तै छ । नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष टंकप्रसाद कँडेलले पनि अझै महाधिवेशन गर्न आवश्यक ठानेका छैनन् ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा स्थापनाकालदेखि महाधिवेशन भएको छैन । अध्यक्ष भोजराज श्रेष्ठले ११ वर्षसम्म पनि महाधिवेशन गर्न सकेका छैनन् ।

१३ वटा शुभेच्छुक संस्था रहेको काँग्रेसका तीनवटाले पनि नियमित महाधिवेशन गरेका छैनन् । नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवा खल र नेपाल प्रेस युनियनले पनि निर्धारित समयमा महाधिवेशन गरेका छैनन् । 

पार्टीको प्रमुख ऊर्जाको रुपमा रहेका नेविसंघ र नेपाल तरुण दलको अवस्था पनि दयनीय छ । ११ औँ महाधिवेशनबाट निर्वाति नैनसिंह महर नेतृत्वको कार्यसमितिले आफ्नो दुई वर्षे कार्यकालमा तीन पटकसम्म थपेपनि महाधिवेशन हुन सकेन ।


गत २८ माघमा महरले पार्टी सभापति समक्ष राजीनामा दिएर आफ्नो नेतृत्वको कमिटी विघटन गराए । त्यसपछि अहिलेसम्म नेविसंघ नेतृत्वविहीन अवस्थामा गुर्जिएको छ ।

यता, साढे २ वर्षदेखि नेपाल तरुण दल चार पदाधिकारीमा सीमित छ । तरुण दल पार्टीका प्रमुख नेताहरुको आफ्ना मान्छे भर्ती गर्ने स्वार्थ राख्दा समिति विस्तार हुन सकेको छैन ।

यी विषयमा सहमति जुटाउन र दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको विषयमा  निर्णय लिन काँग्रेस पदाधिकारी बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा जारी छ ।

 मंगलबारको बैठकमा देउवाले भनेका थिए, ‘अब नेविसंघको तदर्थ समिति तुरुन्तै बनाउँछु, विभाग गठन पनि छिटो गर्छु । सबै सहमतिका साथ अघि बढाइने छ ।’ सहमतिको सूत्र खोज्न बुधबार विहानैबाट देउवा निवासमा बैठक बसेको स्रोतले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप