बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिन र मोदीबीच रुसको भ्लाडिभोस्टकमा वार्ता हुने

बुधबार, १८ भदौ २०७६, १३ : ४०
बुधबार, १८ भदौ २०७६

भ्लाडिभोस्टक– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ । दुबै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ ।

रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम) को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी हाल रुस पुगेका छन् । रुसको आयोजनामा सन् २०१५ देखि भ्लाडिभोस्टकमा वर्षैपिच्छे आयोजना हुने यस सम्मेलनमा एसियाली मुलुकहरुबीच आर्थिक साझेदारी प्रबद्र्धनका विषयमा छलफल हुने गर्दछ ।

रुसले सन् २०१४ मा क्रिमियालाई कब्जा गरेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएसँगै रुसले यो मञ्च स्थापना गरेको थियो । राजनीतिक रुपमा रुस र भारतबीच कुनै मतभेद नरहेको बताउँदै वल्र्ड इकोनोमी इस्टिच्यूटका विश्लेषक अलेक्सी कुप्रियानोभले दुबै नेताबीच आर्थिक विषयमा छलफल हुने बताए ।

उनले रुसको पूर्वतर्फ प्रशान्त क्षेत्रमा चीन बाहेकका मुलुकको पनि लगानी भित्र्याउन रुस इच्छुक देखिएको बताए । यस क्षेत्रमा भारतीय लगानीको सम्भावना पहिल्याउन दुबै नेताबीच छलफल हुन सक्छ, उनले भने ।

सम्मेलनअघि मोदी र पुटिनले जेज्दा शहरको भ्रमण गरी त्यहाँका उद्योगको स्थलगत जानकारी लिनेछन् । उनीहरु दुबैले एकअर्कालाई सन् २००१ देखि नै चिन्छन् ।  रुसी मिडियालाई दिनुभएको अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री मोदीले दुबै देशबीच विगत लामो समयदेखि विशेष सम्बन्ध रहेको बताएका छन् ।

दुबै मुलुकबीच सन् २०१८ मा करिब ११ अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो ।  भारतले गत वर्ष रुसबाट ५ अर्ब अमेरिकी डलरमा एस–४०० हवाई प्रतिरक्षा प्रणाली गरेको थियो । –एएफपी/photo: PIB

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप