बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डुम र मुसहर समुदायका १ सयभन्दा बढी परिवारलाई सोलार वितरण

बुधबार, १८ भदौ २०७६, १४ : ५३
बुधबार, १८ भदौ २०७६

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका अन्तरगत डुम र मुसहर समुदायका एकसय १० परिवारलाई सोलार बत्ति वितरण गरीएको छ । मंगलवार एक विशेष  कार्यक्रमको आयोजना गरी नगर प्रमुख धर्मेन्द्र पटेलले १ सय १० परिवारलाई सोलार बती वितरण गरेका हुन् ।

नेपाल सरकार उर्जा मन्त्रालयको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको सहयोगमा उक्त सोलार वत्ति वितरण गरिएको प्रमुख पटेलले बताए । वितरण गरीएको २० वार्डको सोलार प्यानल बाट रातभरी चारवटा सिएफएल बल्ब बाल्न सकिने बताइएको छ ।

तराईका अति विपन्न दलित मानिने डुम र मुसहर समुदायको अधिकांश घरमा विद्युत लाईन नहुने हुँदा सोलार वत्ति वितरणले प्रत्यक्ष लाभ हुने नगरपालिकाकी उपमेयर परनिया देवी पटेलले जानकारी दिएकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप