विद्यालयको विवादमा कांग्रेसद्वारा नगरपालिकामा तालाबन्दी
बुधबार, १८ भदौ २०७६, १५ : ३९
बुटवल । गुल्मी सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा दुई जना प्रधानाध्यापक नियुक्ति गरिएपछि विवाद उत्पन्न भएको छ ।
गत साउन ९ गतेका दिन विद्यालय ब्यवस्थापन समितिका सीमित व्यक्तिहरुले प्रधानाध्यापक केशरबहादुर थापा विद्यालयमा नभएको अबस्थामा सहायक प्रधानध्यापक युवराज ज्ञवालीलाई प्रधानाध्यापक नियुक्तिको सिफारिस गरेपछि विवाद उत्पन्न भएको हो ।
सोही नियुक्तिको विवादलाई लिएर नेपाली कांग्रेसबाट विजयी भएका जनप्रतिनिधीहरुले रेसुंगा नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बुधवार तालाबन्दी गरेका छन् ।
यसैबीच असन्तुष्ट पक्षको उजुरीपछि रेसुङ्गा नगरपालिकाले नियुक्ति बदर गरि नयाँ प्रधानध्यापक छनौटको प्रकृया अगाडि बढाउन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा