शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ५ को सरकारी टोली चीनबाट फर्कियो

बुधबार, १८ भदौ २०७६, १६ : ३५
बुधबार, १८ भदौ २०७६

बुटवल । प्रदेश नम्बर ५ का मन्त्रीसहितको टोली चीनको ६ दिने भ्रमण सकेर  बुधबार फर्किएको छ । 

प्रदेश सरकारको तर्फबाट पर्यटनमन्त्री लिला गिरी नेतृत्वको टोली चीन भ्रमण गएको थियो । 

स्वदेश फर्किएपछि गौतमबुद्ध विमानस्थलमा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाट  कार्यक्रममा उनले प्रदेश नम्बर ५ मा लगानी गर्न चिनियाँ टोली सरकारात्मक देखिएको बताए । त्यहाँको सरकार र निजी क्षेत्रसँग भेट्दा लुम्बिनी क्षेत्रको पर्यटन, उद्योग, कृषि र व्यापारमा लगानी गर्न चिनियाँ पक्ष तयार देखिएको उनको भनाई छ । 

मन्त्री गिरीले चिनियाँहरु लुम्बिनीमा भ्रमण गर्न अत्यन्तै इच्छुक भएको  आफूले पाएको बताउँदै नेपालीलाई चीन र चिनियाँले नेपाल भ्रमण गर्नेगरी कार्यक्रम अगाडि बढाउनुपर्ने साझा धारणामा समेत छलफल भएको समेत बताए ।
चीनमा रहदा त्यहाँका अधिकारी समक्ष सिल्क रोड, वन बेल्ट वन रोडको अवधारणा, कृषि  र पर्यटनको विषयमा पनि गम्भिर छलफल भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप