शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गाई र कुकुर हत्याको विरोधमा पशुअधिकारकर्मी सडकमा (फोटोफिचर)

बुधबार, १८ भदौ २०७६, १७ : २६
बुधबार, १८ भदौ २०७६

काठमाडौँ– सुर्खेतमा गाई र खोटाङमा कुकुर हत्याको विरोधमा राजधानीको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।  पशु कल्याण संघ नेपालको अगुवाईमा बुधबार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो । 

पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले गाई र कुकुर हत्या मानवीय संवेदनहीनता भएको भन्दै सरोकारवालाको चर्को आलोचना गरिन् । उनले खोटाङमा कुुकुरको सामूहिक हत्या भएकोविरुद्ध प्रशासनमा उजुरी दिदाँ उल्टै धम्क्याउँने काम भएको भन्दै आक्रोश समेत पोखिन् । प्रदर्शनमा सहभागीहरुले पशुपन्छीको स्याहारः हाम्रो संस्कार, पशु हाम्रो साथी हो मार्न पाइँदैन, तीन तहको सरकार खै पशुप्रति जिम्मेवार ? लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै प्रदर्शनमा सहभागीहरुले पशुहरुकको प्रतिक मखुण्डो समेत लगाएका थिए । 

प्रदर्शनमा पशुअधिकारसँग सम्बन्धित अधिकारकर्मी र सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । गत साता सुर्खेत र खोटाङमा क्रमश गाई र कुकुरको हत्या भएको समाचार सार्वजनिक भएको थियो ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप