शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनुष जस्ता नायक विलासी कार खरिद गरिरहेका छन्, निर्माता भने सडकमाः के. राजन

बिहीबार, १९ भदौ २०७६, ०९ : ३५
बिहीबार, १९ भदौ २०७६

दक्षिण भारत सिनेमा र बलिउडमा काम गरिसकेका नायक धनुष आफ्नो एक बयानपछि विवादमा फसिरहेको देख्न सकिन्छ । हालै एक पत्रकार सम्मेलनको क्रममा धनुषले नायकको पारिश्रमिकको विषयमा कुरा गरेका थिए । उनले भनेका थिए, ‘आजको समयमा नायकले पूरा पारिश्रमिक पाउनु निकै दर्लभ भइसकेको छ । तर मेरो फिल्म असुरनमा थानू सरले मेरो पूरा तलब सुटिङ अघि नै सेटल गरिदिनुभएको थियो । यसले मेरो निकै मद्दत गर्यो ।’

उनको यो बयानमाथि असुरनका निर्माता कलाईपुल्ली थानूले धनुषले आफ्नो फिल्म रिलिजका लागि थुप्रै करोड भारु पनि त्यागेको बताए । यद्यपि, धनुषले कुनै पनि निर्माताको नाम लिएका थिएनन् तर उनको यो बयानपछि अब अजहागप्पन र के. राजनजस्ता फिल्म निर्माता निकै रुष्ट छन् ।

अजहागप्पनले एक वेबसाइटसँग भने, ‘विजय र अजित जस्ता नायक निर्माताको मद्दत गरिरहेका छन् । तर जसले धनुषका लागि फिल्ममा पैसा लगाए, उनीहरु यो व्यवसायमा फेल भइसकेका छन् । उनीहरु यो क्षेत्रबाट अब गायब भइसकेका छन् ।’

यस्तै के. राजनले नायकले निर्माताहरुलाई आरोप लगाउन नहुने बताएका छन् । उनले भने, ‘थुप्रै निर्माता जसले धनुषसँग काम गरे, उनीहरुले भारी नोक्सानी व्यवहोर्नु परेको छ । निर्माताले नीजि ऋण लिएर फिल्म बनाउँछन् । नायक र निर्देशकको गल्तीका कारण यी निर्माताले अत्यधिक क्षती व्यवहोर्नु पर्छ । जुन फिल्मको बजेट १० करोड छ, त्यसको मार्केट थुप्रै पटक ८ करोडमा मात्र सिमित हुन्छ ।’

के. राजनले भने, ‘धनुष जस्ता नायकसँग लग्जरी कार छन् तर निर्माता सडकमा आइरहेका छन् । कति नायकलाई लाग्छ कि निर्माताले मोटो पैसा कमाईरहेका छन् जुन साँचो होइन । त्यसकारण नायकले निर्मातालाई आरोप लगाउन बन्द गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप