तीज मनाएर घर फर्कदैँ गरेकी महिलाको गहना लुटियो
बुटवल । माइतीमा तीज मनाएर घर फर्कदैँ गरेकी गुल्मीकी एक महिला बुधबार साँझ अर्घाखाँचीमा लुटिएकी छन् ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वडा न ७ देउराली बजार नजिकै ५० वर्षीया महिला सीता पौडेलको सुन लुटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।
महिला सोहि वडाको वाईगाउँ भन्ने स्थानबाट गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ भुवानपानी आफ्नो घरतर्फ आउँदै गरेकी थिइन् ।
अपरिचित व्यक्तिले महिलालाई चक्कु देखाएर सुनको सिक्री र लकेट गरेर करिव २ तोला सुन र मोबाइल सेट लुटेको स्थानीय शोभाखर पाण्डेयले बताए ।
पानी परेको समयमा छाता ओढेर घरतर्फ आउने क्रममा एक्कासी चक्कु देखाएर गहना लुटिएको प्रहरीले जनाएको छ ।
महिलाको गहना लुटिएको थाहा पाएपछि स्थानीय र प्रहरीले खोजीकार्य गरे पनि हालसम्म सुनका गहना लुटने फेला नपरेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।
अघिल्लो दिन मात्र सोहि वडाकै वडाअध्यक्षले चढ्ने सरकारी मोटरसाइकल अज्ञात समुहले जलाएको घटना सेलाउन नपाउँदै दिनदहाडै लुटपाटको घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प
-
यी हुन् नेपाल–कतारबिच भएका सहमति र सम्झौताहरू (पूर्णपाठसहित)
-
रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार
-
गण्डकीको दोस्रो जित, कोशी प्रदेशको लगातार पाँचौँ हार