मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

साराले आमासँगको पुरानो फोटो सेयर गरिन्, हेर्दा तर्सनुहुनेछ तपाईं

बिहीबार, १९ भदौ २०७६, १० : ५२
बिहीबार, १९ भदौ २०७६

बलिउड नायिका सारा अली खानले फिल्म केदारनाथबाट बलिउडमा डेब्यू गरेकी थिइन् र र उनले यो फिल्मका लागि बेस्ट फिल्म डेब्यूको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् । अब सारा अली खान स्टार बनिसकेकी छिन् । यसका लागि साराले अत्यधिक मेहनत पनि गरेकी छिन् । फिल्ममा आउनु अघि उनी आफ्नो ट्रान्सफर्मेशनका लागि चर्चामा रहेकी थिइन् ।

साराले आफ्नो तौलमा पनि अत्यधिक मेहनत गरेकी छिन् । एक समय यस्तो थियो जब उनको तौल ९० किलो थियो । साराले बुधबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा आमा अमृता सिंहसँगको एउटा पुरानो फोटो सेयर गरेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Throw🔙 to when I couldn’t be thrown🔙☠️🙌🏻🎃🐷🦍🍔🍕🍩🥤↩️ #beautyinblack

A post shared by Sara Ali Khan (@saraalikhan95) on

तस्बिरमा साराले अत्यधिक तौल मज्जाले देख्न सकिन्छ । तस्बिर हेरेपछि मानिसहरुले उनलाई के खाएर तौल कम गरेको भन्दै सोधिरहेका छन् । मानिसहरु साराबाट उनको डाइट सिक्रेट जान्न चाहिरहेका छन् ।

Photo: Instagram/saraalikhan95

उनको उक्त फोटोमा नायिका श्रद्धा कपुरले पनि कमेन्ट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘तिमीले कस्तो उत्कृष्ट यात्रा तय गर्‍यौ । सलाम छ ।’

Photo: Instagram/saraalikhan95

अहिले सारा निकै फिट देखिन्छिन् । उनी दैनिक जीममा वर्कआउट पनि गर्छिन् ।

Photo: Instagram/saraalikhan95

पिंकभिल्लासँगको कुराकानीमा साराले आफ्नो रुटिन बताएकी थिइन् । साराले भनेकी थिइन्, ‘पहिला म बिहान, दिउँसो, बेलुका सधैंभरी पिज्जा नै खाइरहन्थे । तर अब पिज्जा खानबाट बच्छु । बिहान तातो पानी खान्छु । अण्डा र चिकन पनि मनपर्छ । यसबाहेक मलाई चाइनिज डिशेज पनि निकै मनपर्छ ।’

Photo: Instagram/saraalikhan95

कामको कुरा गर्ने हो भने फिल्म कुली नम्बर वानको रिमेक र लभ आजकल टु मा देखिने भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप