अमेरिकाको सडक दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु, दुईको अवस्था गम्भीर
अमेरिकाको मिसौरी हाइवे २४९ इन्टरचेन्जमा मंगलबार भएको दुर्घटनामा परी एकै परिवारको तीनजना नेपालीको मृत्यु भएको छ ।
जोप्लिन पुलिस डिपार्टमेन्टका क्याप्टेन निक जिमेनेजका अनुसार प्रभास ओझाले चलाएको टोयोटा RAV4 गाडी ट्राफीक बत्तिमा रोकिएका बेला टोयोटा पिकअप ट्रकले ठक्कर दिएको हो ।
ओझा र उनका चार वर्षे छोरालाई स्थानीय अस्पताल पुर्याइएको छ । छोराको अवस्था गम्भीर बताइएको छ भने उनका बुवाको अवस्था स्थिर बताइएको छ ।
गाडीको अगाडिको सीटमा बसेकी बालककी आमा श्रद्धा ओझा खनाललाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको पुलिसले जानकारी दिएको छ ।
पछाडि बसेका बच्चाका हजुरबुवा हजुरआमाको पनि मृत्यु भएको छ । सान्ता खनालको स्थानीय अस्पतालमा मृत्यु भएको छ भने हजुरबुवा गोबिन्द खनालको घटनास्थलमा नै मृत्यु भएको पुलिसले जानकारी दिएको छ ।
घटनामा प्रहरीले अन्य सवारीका चालकको पहिचान खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै