नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नाट्टाको ७ बुँदे सुझाव
काठमाडौँ– नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई ७ बुँदे सुझाव दिएको छ ।
नाट्टाले पूर्व अध्यक्षहरुलाई समेत राखेर मन्त्री भट्टराईलाई भ्रमण वर्ष सफल पार्ने सुझावहरु प्रस्तुत गरेको हो ।
नाट्टाको सुझावहरु ग्रहण गर्दै मन्त्री भट्टराईले कार्यान्वयनको प्रतिबद्धता जनाएका छन् । उनले नेपाल भ्रमण वर्ष सफल पार्नका लागि निजी क्षेत्रबाट विगतमा जस्तै सहयोग रहने विश्वास व्यक्त गरे ।
मन्त्री भट्टराईले नेपाल वायुसेवा निगमले सुरु गरेको नेपाल–जापान सीधा हवाइ सेवाकाका लागि निजी क्षेत्रले सहयोग गर्ने र अझबढी नाट्टाको रहने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री समक्ष सुझाव पेश गर्दै अध्यक्ष पाण्डेले अन्य देशहरुले जस्तै बढ्दो सूचना प्रबिधिको विकास अनुसार पर्यटकहरुका लागि अनलाइन भिसा शुल्कसहित उपलब्ध गराउने व्यवस्था मिलाउन मन्त्रीलाई अनुरोध गरे ।
अध्यक्ष पाण्डेले अध्यागमन सेवामा एक्सप्रेस काउन्टर खोल्न र अध्यागमन अधिकृतहरु तालिम प्राप्त र उपयुक्त व्यवहार भएको राख्नुपर्नेमा जोड दिए ।
उनले निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन अन्तर्राष्टिय कम्पनीहरुसँग जिटुजी गराउनका निम्ति नाट्टाले पनि सहयोग गर्ने बताए ।
उनले भ्रमण वर्ष सmल बनाउन निजी क्षत्रको तर्फबाट पनि विभिन्न समिति निर्माण गरेर काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै पाण्डेले विदेशस्थित नेपाली दूतावास, कन्सुलेट तथा कुटनैतिक मिशनहरुलाई परिचालन गराई भ्रमण वर्षमा कति पर्यटक पठाउन सक्ने हो त्यसको प्रतिवद्धता माग्न सुझाव दिए ।
उनले त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट गराउने भनिएकोमा यथाशिघ्र सो कामलाई पूर्णता दिई विमानस्थलकको सौन्दर्यकरण गर्न समेत माग गरे । उनले ७ बुँदे सुझाव पत्र पढेर मन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)