बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पार्टीलाई कमजोर बनाउने खेल भैरहेको छ : माधव नेपाल

बिहीबार, १९ भदौ २०७६, १९ : ५३
बिहीबार, १९ भदौ २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने खेल भैरहेको बताएका छन् । आज पार्टीको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेता नेपालले विश्वका प्रतिक्रियावादीहरुले नेपाल कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्ने गरी पार्टीको वैदेशिक नीति तय गर्ने प्रतिवद्धता व्यक्त गरे । मुलुकको राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता नै पार्टीको पनि वैदेशिक नीति तय गर्ने मुख्य आधार भएको पनि नेता नेपालको भनाई थियो ।

त्यस्तै कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणको बाँकी काम छिट्टै सम्पन्न गरेर पार्टीलाई गतिशील ढंगले अघि बढाउन लागिएको बताए । कार्यक्रममा पार्टीका विदेश विभाग उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालले पनि बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप