मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कागजमै सीमित हुने योजनाको अब सूक्ष्म ढङ्गले छानबिन गरिन्छ  ः  मन्त्री पण्डित

बिहीबार, १९ भदौ २०७६, २१ : ३५
बिहीबार, १९ भदौ २०७६

सप्तरी – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय, प्रादेशिक, सङ्घीय सरकारले देशलाई समृद्ध बनाउँदै नयाँ पहिचान कायम गर्न सफल भइरहेको बताएका छन्  । 

सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आज आयोजित बालमैत्री नगर घोषणामा दुई छिमेकी देशको बीचमा रहेर नेपालले आर्थिक क्षेत्रमा फड्को मारिरहेको बताउँदै उनले देशमा सङ्घीयता कार्यान्वयनमा आए पनि प्रारम्भिक चरणमै रहेको बताए । 

सङ्घीय सरकारमार्फत तराई मधेश समृद्धि कार्यक्रम आफैँले ल्याउन लगाएको दाबी गर्दैै मन्त्री पण्डितले कागजमै सीमित हुने योजनाको अब सूक्ष्म ढङ्गले छानबिन गरिनेसमेत बताए ।

स्थानीय तहमा उपभोक्ता समिति र ठेकेदारबाट भइरहेको विकास निर्माणका योजनाको छानबिनका लागि अख्तियारलाई जिम्मा दिइएको बताउँदै उनले काका, भतिजा, दाजु भाइको नेतृत्वमा उपभोक्ता समिति बनाउने र काम गर्ने जनप्रतिनिधिविरुद्ध सरकार कठोररुपमा प्रस्तुत हुने पनि  बताए ।

‘अहिले गलत काम गर्नेलाई थुनेर अख्तियारको कोठा भरिभराउ बनेको छ”, मन्त्री पण्डितले भने, ‘भ्रष्टाचारी पक्रिन रोकिने छैन । 

उनीहरुलाई थुन्नका लागि ठूलाठूला हल बनाउन पनि हामी तयार छौँ ।’ उनले गलत गर्ने जनप्रतिनिधि वा राष्ट्रसेवक कसैलाई नछाड्ने बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप