शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब ड्राइभरले बचाएका थिए राकेश रोशनको ज्यान, छातीमा लागेको थियो गोली

शुक्रबार, २० भदौ २०७६, ०९ : ५०
शुक्रबार, २० भदौ २०७६

कोयला, करण–अर्जुन र कहो न प्यार है का निर्देशक राकेश रोशन ६ सेप्टेम्बरमा जन्मदिन मनाइरहेका छन् । १८ वर्षअघि राकेश रोशन अन्डरवर्ल्डको हमलामा बालबाल बचेका थिए । थाहा पाउनुहोस्, कसरी बचेको थियो राकेश रोशनको ज्यान ।

बलिउड नायक, निर्देशक एवं ऋतिक रोशनका पिता राकेश रोशन सेप्टेम्बर ६ मा आफ्नो ७० औं जन्मदिन मनाइरहेका छन् । राकेश रोशनले सन् १९७० मा रिलिज भएको फिल्म घर–घरको कहानीबाट डेब्यू गरेका थिए । त्यसपछि उनले खुबसुरत, बुनियाद, खुन भरी मांगजस्ता फिल्ममा आफ्नो अभिनयको जादु देखाए ।

राकेश रोशनले अभिनयपछि निर्देशनमा हात हालेका थिए । उनले कोयला, करण–अर्जुनजस्ता ब्लकबस्टर फिल्ममा निर्देशन गरे । सन् २००० मा राकेश रोशनले आफ्नो छोरा ऋतिक रोशनलाई फिल्म कहो न प्यार हेबाट लञ्च गरे ।

कहो न प्यार हे फिल्म सन् २००० को सबैभन्दा ठूलो ब्लकबस्टर बन्यो । यद्यपि, फिल्मको सफलतापछि राकेश रोशनलाई अन्डरवर्ल्डको धम्की आउन थाल्यो । अन्डरवर्ल्डले फिल्म कहो न प्यार हेबाट पाएको नाफा बाँड्न भनेको थियो ।

राकेश रोशनमाथि जनवरी २१ को दिन राकेश रोशनमाथि अन्डरवर्ल्डले हमला गरेको थियो । राकेश रोशनलाई यो हमलामा दुई गोली लागेको थियो । एउटा गोली उनको काँधमा लागेको थियो भने अर्को छातीमा लागेको थियो ।

राकेश रोशनलाई उनका ड्राइभरले तुरुन्त अस्पताल लिएर गए । जसका कारण उनको ज्यान बचेको थियो । राकेश रोशनलाई यो गोली हत्या गर्ने उद्देश्यसहित हानिएको थिएन । अन्डरवर्ल्डले राकेश रोशनलाई डर मात्र देखाउन चाहन्थे ।

कहो न प्यार हे फिल्मले ९ वटा विधामा फिल्मफेयर अवार्ड पाएको थियो । जसका कारण यो फिल्मको नाम गिनिज वर्ल्ड रेकर्डमा समावेश गरिएको थियो । राकेश रोशनलाई यस वर्ष घाँटीको क्यान्सर भएको थियो । उनको शल्यक्रिया पनि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप