बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित

शुक्रबार, २० भदौ २०७६, ११ : ०८
शुक्रबार, २० भदौ २०७६

काठमाडौँ । अन्डर १९ एसिया कप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएको छ ।

वर्षाले खेल रोकिँदा नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाएको छ ।

रित गौतमले नटआउट रहँदै २८ बलमा २१ रन बनाएका छन् भने  रोहितकुमार पौडेल २ रन बनाएर खेलिरहेका छन् ।

नेपालले पवन सर्राफ र महमद आशिफ शेखलाई गुमाएको छ ।

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता बिहीबार देखि श्रीलंकामा सुरु भएको हो ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् ।

नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युएईसँग भदौ २४ गते खेल्नेछ ।

राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप