फ्राइडे रिलिज : एक्लै आयो पूजनको ‘सोच’
काठमाडौं – हरेक शुक्रबार दुई वा त्यो भन्दा बढी फिल्म एकसाथ प्रदर्शन हुने गरेकोमा यो शुक्रबार अर्थात् आजबाट भने एकमात्र फिल्म ‘सोच’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्म देशभरबाट प्रदर्शनमा आएको हो ।
यद्यपी देशभरको चलचित्र भवन सोचले मात्र भने पाउने छैन । अघिल्लो साता प्रदर्शनमा आएको ‘मारुनी’ र बलिउड फिल्म ‘साहो’ले पनि केही स्टेशन अझै कब्जा गरेका छन् ।
पूजन सिंह (प्रभाकर प्रकाश)को कथा र निर्देशन रहेको ‘सोच’ देशभरका झण्डै ६ दर्जन हलबाट प्रदर्शनमा आएको हो ।
फिल्ममा निर्देशक पूजनका साथमा प्रज्वल गिरी, नीता ढुंगाना, बिशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
फिल्म रिलिजको पूर्वसन्ध्यामा निर्माण पक्षले बिहीबार राजधानीमा प्रेस भेटघाट कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा निर्देशन तथा अभिनेता पुजनले ‘सोच’बाट आफु ू निकै आशावादी रहेको बताए ।
‘मलाई फिल्म प्रति निकै आशा छ,’ उनले भने, ‘मैले धेरै समयको अध्ययन, अनुसन्धान र योजनापछि फिल्म निर्माण गरेको हुँ ।’
निर्मात्री गंगा रजकले सोचको ट्रेलर र गीतबाट पाएको राम्रो प्रतिक्रियाले व्यवसाय पनि गर्नेमा आशावादी रहेको बताइन् ।
सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मको पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् भने फिल्ममा एनबि महर्जनको द्वन्द्व, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । बिदुर पाण्डेले छायांकन गरेको फिल्मको वितरण आरआर फिल्मस्ले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै