केन्द्रीय संस्करण

आज पनि यी नायिकाको सुन्दरतामा कायल हुन्छन् अमिताभ बच्चन, कुनै बेला उठाएका थिए उनको जुत्ता

person explore access_timeभदौ २०, २०७६ chat_bubble_outline0
Photo: instagram/amitabh bachhan

अमिताभ बच्चनलाई बलिउडका महानायक भनिन्छ र उनका करोडौं प्रशंसक छन् तर के तपाईंलाई थाहा छ ? अमिताभ बच्चन कसका प्रशंसक हुन् ? हालै सिंगिंग रियालिटी शो सुपरस्टार सिंगरमा अमिताभले आफू नायिका वहिदा रहमानमा निकै ठूलो प्रशंसक भएको खुलासा गरेका छन् । यतिबेला अमिताभले उनीसँग सम्बन्धित विभिन्न कुराको खुलासा गरे ।

अमिताभ बच्चनले त्यतिबेला आफूले वहिदा रहमानमा आइडल मान्ने बताएका थिए । उनीबारे अमिताभले भने, ‘उनी एक सुन्दर महिला मात्रै नभई उत्कृष्ट नायिका एवं राम्रो मानिस पनि हुन् ।’

वहिदासँग जोडिएको यो पललाई अमिताभले बताए विशेषः

अमिताभले भने, ‘पहिलो पटक मैले उनीसँग फिल्म रेशमा र शेरामा काम गर्ने मौका पाएँ । सुटिङको क्रममा एउटा सीनका लागि सुनिल दत्त र वहिदा जीले जुत्ता लगाएर पनि उभिन मुश्किल तातो बालुवामा बस्नु परेको थियो । जब डाक्टरले ब्रेक भने त मैले समय बर्बाद नगरिकनै वहिदा जीको जुत्ता उठाएर उनीतर्फ दौडिएँ । म बयान गर्न सक्दिनँ कि त्यो पल मेरो लागि कति विशेष छ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🥰🥰🥰 #waheedarehman

A post shared by The Epitome Of Grace&Elegance (@waheeda.rehmann) on

उनले थपे, ‘वहिदा जी भारतीय महिलाको उत्कृष्ट उदाहरण हुन् । उनले बलिउड इन्डष्ट्रिमा निकै ठूलो र अविश्वसनीय योगदान दिएकी छिन् जुन शब्दमा बयान गर्न सकिँदैन ।’

अमिताभले वहिदा रहमानसँग जोडिएको वास्तविकताबारे गरे खुलासाः

यस्तै, अमिताभ बच्चनले वहिदा रहमान र आफ्नो परिवारसँग जोडिएको एउटा वास्तविकताबारे खुलासा गरे । उनले भने, ‘म वहिदाजीसँग जोडिएको एक रोचक तथ्य सेयर गर्न चाहन्छु  । वहिदा जीले मेरो परिवारका तीन व्यक्तिसँग काम गरेकी छिन् र उनले ती सबैको आमाको भूमिका निभाएकी छिन् । फोगुन (सन् १९७३) मा उनले मेरी श्रीमती जया बच्चन, ओम जय जगदीश (सन् २००२) मा अभिषेक बच्चन र त्रिशुल (सन् १९७८) मा मेरी आमाको भूमिका निभाएकी थिइन् ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

This photo made my day! 💫❤️

A post shared by The Epitome Of Grace&Elegance (@waheeda.rehmann) on

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...