युवकको हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम बन्द
महोत्तरी– युवकको हत्यारालाई कारवाहीको माग गर्दै आज महोत्तरीको सदरमुकाम जलेश्वर बन्द गरिएको छ । गत साउन १६ गते जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित रातो खोलामा स्थानीयवासी २९ वर्षीय सरोजकुमार साहलाई हत्या गरेर फालिदिएको अवस्थामा शव बरामद भएकामा प्रहरीले अहिलेसम्म हत्यारा पत्ता नलगाएको भन्दै पीडित परिवार र जलेश्वरका बासिन्दाले आज जिल्ला सदरमुकाम जलेश्वर बन्द गराएका छन् ।
आज बिहानैदेखि जलेश्वरका सबै पसल, बजार, उद्योगधन्दा र कलकारखानाहरु बन्द गराउँदै उनीहरुले प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका छन् । बन्दका कारण जलेश्वरका जनजीवन प्रभावित बनेको छ । प्यान्ट र गञ्जी मात्रै लगाएको, नाकबाट रगत बगेको तथा शरीरको अन्य भागमा चोटपटक लागेको सरोजलाई हत्या गरेको अवस्थामा प्रहरीले रातो खोला किनारमा फालिएको अवस्थामा शव बरामद गरेको थियो ।
यता युवक साहको हत्याको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । साथै उनले घटना रहस्यमय रहेको बताउँदै आवश्यक अनुसन्धानका लागि समय लाग्ने तर हत्यारा अवश्य पत्ता लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमै एमाले र माओवादीबिच मतभेद
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा