बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा ४० लाख नर्स

शुक्रबार, २० भदौ २०७६, १४ : २९
शुक्रबार, २० भदौ २०७६

बेइजिङ– चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको पनि आयोगको भनाई  छ ।

पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा वृद्धि भइरहेको छ । सन् १९४९ मा नयाँ चीन स्थापना हुँदा ३० हजार रहेको नर्सको संख्या सन् १९७८ मा चार लाख पुगेको थियो भने सन् २०१८ को अन्त्यसम्ममा ४० लाख पुगेको छ । 

आयोगद्वारा शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा देशका कूल स्वास्थ्यकर्मीमध्ये आधाभन्दा बढी नर्सहरु रहेको जानकारी दिइयो । –सिन्ह्वा/Photo: www.news.cn
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप