शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्षाले प्रभावित खेलमा नेपालद्वारा श्रीलंकासामु १ सय ५९ रनको लक्ष्य प्रस्तुत

शुक्रबार, २० भदौ २०७६, १४ : ५०
शुक्रबार, २० भदौ २०७६

काठमाडौँ । अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका सामु १ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले वर्षाले प्रभावित भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा ९ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको हो ।

तर, डकवर्थ लेविसको नियमको आधारमा श्रीलंकाले १ सय ५९ रनको लक्ष्य  पाएको हो ।

नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ८६ बलमा चार चौका हिर्काए ।

कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाउँदै तेस्रो विकेटका लागि गौतमसँग ९१ रनको महत्वपूर्ण साझेदारी गरे ।

त्यस्तै, रसिद खानले १५ तथा हरिबहादुर चौहानले १२ रनको योगदान दिए ।

श्रीलंकाका लागि दिलसान मदुशंका र नाभोद दिनसुरीले ३–३ विकेट लिए ।

नेपालले पछिल्लो ६ विकेट मात्र २३ रनमा गुमाएको थियो ।

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता बिहीबार देखि श्रीलंकामा सुरु भएको हो ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् ।

नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युएईसँग भदौ २४ गते खेल्नेछ ।

राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप