शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेसुङ्गा नपरपालिकाको ताल खुल्यो, सेवाप्रवाह सुरु

शुक्रबार, २० भदौ २०७६, १५ : ०६
शुक्रबार, २० भदौ २०७६

बुटवल– एकजना  शिक्षकलाई प्रधानध्यापक बनाउने बिषयमा भएको विवादमा  गत दिन देखि नेपाली कांग्रेस निकट जनप्रतिनिधि र नेता कार्यकर्ताहरुले रेसुङ्गा नगरपालिकामा  लगाइएको ताला आज खुलाइएको छ । ताला खोली  सेवाप्रवाह गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । यो समाचार तयार पार्ने बेलासम्म आन्दोलनकारी जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्वक विरोध जनाएका छन् । सुरुक्षा निकायको बाक्लो उपस्थिति बनाइएको छ ।

बिहिवार जस्तो आन्दोलनकारीबाट उत्श्रृंखलता प्रदर्शन भएको छैन ।  महेन्द्र नमुना माध्यामिक विद्यालयमा प्रधानध्यापक केशरबहादुर थापा आमा बिरामी भई विदामा गएको मौका छोपेर सहायक प्रधानाध्यापक युवराज ज्ञवालीलाई विद्यालय ब्यवस्थापन समितिले प्रधानाध्यापकको नियुक्ति सिफारिस गर्ने निर्णय गरेको थियो ।

उक्त नियुक्तिविरुद्ध प्रधानध्यापक थापा पक्षधरले  रेसुङ्गा नगरपालिकामा उजुरी दिएपछि नगरपालिकाले उक्त नियुक्ति बदर गरि उनै प्रअ थापाबाटै काम काज गराई नयाँ प्रअको नियुक्ति प्रकृया अगाडी बढाउनपत्र पठाएको थियो ।  त्यसविरुद्ध रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसका बहुमत वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुले पछि नियुृक्ति गरिएका प्रअ ज्ञवाली नै हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।

छनौट समितिको नतिजामा भने दुबै उम्मेदवार थापा र ज्ञवालीले ७० प्रतिशत नतिजा ल्याउन सकेका छैनन् । यहि विषयमा नगरपालिकाले दुबै अयोग्य भएको ठहर गर्दै वदर गर्न पत्र पठाएको नगरपालिकाले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी पन्थीले भने नियमावली अनुसार उच्चतम अंक ल्याउने ज्ञवालीलाई विधिपूर्वक नियुक्तिको सिफारिस गरिएको दावी गरेका छन् ।

व्यवस्थापन समितिका ९ जनामध्ये प्रअका उमेदवार ज्ञवाली नै उपस्थिति गराएर बहुमत पुर्याउने प्रयास गरिएको छ । अर्का उमेदवार थापालाई पनि राखेको भए प्रअ नियुक्तिको बैठक अल्पमत हुने  निश्चित थियो । समितिकी सदस्य विनिता पोखरेलले उक्त शिक्षक नियुक्ति  प्रकृया चित्त नबुझेर हस्ताक्षर नगरी फर्केको बताइन् ।

यता, नेकपा जिल्ला पार्टी गुल्मीका कार्यालय सदस्य हिरा एसीले आन्दोलन र  सुरक्षाकर्मी सम्मलाई आक्रमणको भरमा प्रधानध्यापक नियुक्ति सदर गर्न खोज्ने हो भने कानुनी राज्यको उपहास हुने प्रतिकृया दिए । उनले भने– ‘यदि उहाँहरुलाई नगरपालिकाको निर्णय चित्त बुझेको छैन भने सम्मानित अदालत गए भइहाल्यो नि, यदि उहाँहरुले शैक्षिक क्षेत्रमा राजनीति गरेर मानिसहरु जम्मा गरेकै भरमा प्रअको नियुक्ति सदर गर्नुहुन्छ भने हामीले पनि जनता उतार्दै ज्ञवालीको  नियुक्ति बदर गर, भन्ने नारा लगाउँछौं, होला यसरी ?’

नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले भने नगरपालिकाले आफ्नो क्षेत्रअधिकार बाहिर गएर त्यस्तो पठाएको भन्दै आफ्नो पार्टीको गम्भीर ध्यानकृष्ट भएको बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप