बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबार चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

शुक्रबार, २० भदौ २०७६, १७ : २५
शुक्रबार, २० भदौ २०७६

काठमाडौं– चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउने भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री वाङले सेप्टेम्बर ८ देखि १० सम्म नेपालको भ्रमण गर्न लागेका हुन् । 

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री वाङ राष्ट्रपति सी जिन पिङको आगामी १५ अक्टोबरमा हुने नेपाल भ्रमणको तयारीका लागि नेपाल आउने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप