शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेंगु नियन्त्रणबारे चिकित्सकले भने- महामारी होइन समयमै उपचार गराइहाल्नुपर्छ

शुक्रबार, २० भदौ २०७६, १८ : २७
शुक्रबार, २० भदौ २०७६

काठमाडौं–देशभर डेंगुको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै चिकित्सकहरुले रोग नियन्त्रणका लागि घरदेखि गल्लीसम्म जनचेतना र सरसफाईको अभियान चलाइएको जानकारी दिएका हुन् । 

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.विवेक लालले हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको र साउन १ गतेदखि भदौ १७ गतेसम्म २५५९ जनामा डेंगु रोगबाट संक्रमित भएको तथ्यांक प्रस्तुत गरे । 

हालसम्म प्रदेश १ मा ७५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १०९३ जना, प्रदेश ४ मा ५७२ जना,प्रदेश ५ मा १०५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित रहेको उनले बताए । यो रोगबाट कास्की, मकवानपुर, सुनरी,चितवनमा बढी संक्रमण देखिएको छ । 

डेंगुबाट चार जनाको मृत्यु भइसकेको जानकारी दिदै भने–उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेकोले सचेत हुनुपर्छ । उनले अहिलेसम्म १३० वटा मुलुकमा यो रोगको संक्रमण देखिएको जानकारी गराए । 
शुक्रक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले हरेक दुई दुई वर्षको अन्तरालमा डेंगु संक्रमणको रिसर्च हुने गरेको र हरेक तीन वर्षमा यो रोगको प्रकोप देखिने गरेको बताए । उनले भने– डेंगु संक्रमण ६ देखि ७ हजार फिटसम्मको उचाइसम्म पुगिसकेको छ । तर, अहिलेको डेंगु संक्रमण गम्भीर खालको नभएको जानकारी दिए । यो रोग लामखुुट्टेले संक्रमितलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा सर्ने बताए । 
उनले आफू कार्यरत रहेको अस्पतालमा भदौ १९ गते २५० जनालाई उपचार गरेकोमा ११७ जनामा डेंगु संक्रमण देखिएको जानकारी समेत गराए । विरामीहरुको चाप बढेसँगै अस्पतालको बेडले अपुग भएको कारण बेड थप्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव राखेको र हाल २५ हजार विरामीको उपचार भइरहेको उनले बताए । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पुर्व प्रमुख डा.बाबुराम मरासनीले पानीको खाल्डाखुल्डी भएको ठाउँ, टायर भएको ठाउँमा यसको बढी संक्रमण हुने उनले बताए । यसका लागि संगठनिक संरचना कमजोर भएको,जलवायु परिवर्तन यसका मुख्य कारण बताए । लाम्खुट्टेको अध्ययन गर्दा यो २० वर्षभन्दा पहिले भित्रिएको बताए । 

त्यसभन्दा पछाडि नभएको र यसबाट बच्नका लागि लामखुट्टेको सर्भे गर्ने सांगठनिक संरचना बलियो बनाउँदै जाने, लामखुट्टेले मार्ने काम कुन निकायको हो निर्धारण गर्ने, देशमा लामखुट्टेको रिसर्च गरेर नियन्त्रण उपाय पत्ता लगाउनुपर्ने बताए । उनले भने– सबैभन्दा बढी संक्रमण हुनमा टायर कम्पनी तथा टायर राख्ने ठाउँ, स्कुल, कलेज, स्वास्थ्य मन्त्रालय समेतले चर्पीको गलत तरिकाले प्रयोग गरेको कारण हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप