शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिका जाने आप्रबासी सङ्ख्यामा ५६ प्रतिशतले गिरावट : मेक्सिको

शुक्रबार, २० भदौ २०७६, २२ : ५९
शुक्रबार, २० भदौ २०७६

एजेन्सी-मेक्सिको सिटी मेक्सिको बाटो भएर अमेरिका प्रवेश गर्ने आप्रबासी दर मेपछि ह्वात्तै घटेको मेक्सिकोले शुक्रबार जनाएको छ । 

मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि अमेरिकासँग गरेको प्रतिवद्धता अनुसार उसले आप्रवासीको सङ्ख्या ५६ प्रतिशत बनाउन सफलता पाएको बताएको हो ।

अमेरिकाको दक्षिणी छिमेकी मेक्सिको भएर ठूलो सङ्ख्यामा आप्रबासी तथा शरणार्थी विभिन्न अमेरिकी राज्यहरूमा प्रवेश गर्ने गरेकोमा यसलाई नियन्त्रण गर्ने नीति अमेरिकाले लिएको छ ।

अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीलाई नियन्त्रण गर्न नसघाएमा मेक्सिकोबाट अमेरिका जाने सामानमा १० प्रतिशत कर वृद्धि गर्ने तयारी गरेको अमेरिकाले केही महिनापहिले एक सहमति गरी स्थगित गरेको थियो । 

सहमति अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात गर्ने सामानमा तत्काल कर वृद्धि नगर्ने र बदलामा मेक्सिकोले अमेरिका छिर्ने नाकाहरूबाट कागजात नपुगेका आप्रबासी तथा शरणार्थीलाई फिर्ता गर्न सहमत भएको थियो ।

आप्रबासी प्रवेश नियन्त्रणलाई आफूलाई पुनः निर्वाचित गराउने मुख्य बिषयका रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले लिनुभएको विश्लेषकहरूले बताउने गरेका छन् । 

“मेरो विचारमा अमेरिकाले मेक्सिकोविरूद्ध कर वृद्धि गर्ने सम्भावना तत्कालका लागि हटेकोजस्तो लाग्छ किनकि मेक्सिकोले प्रतिवद्धता जनाए अनुसार आप्रवासीको प्रवेश नियन्त्रणलाई ५६ प्रतिशतले घटाउन सफल भएको छ ,” मेक्सिकोका विदेशमन्त्री मार्सेलो एवरार्डले भने ।

अमेरिका र मेक्सिकोबीच आप्रबासी समस्याबारे छलफलका लागि विदेशमन्त्री मार्सेलो वासिङ्टन जाने तयारी गरिरहेका समय यो तथ्याङ्क सार्वजनिक भएको हो ।-एएफपी/Photo: Reuters
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप