बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीले देलान् दाहाललाई एकल अधिकार ?

शनिबार, २१ भदौ २०७६, ०६ : ११
शनिबार, २१ भदौ २०७६

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्षर्ला दिए । 

विदेश जानुअघि ओलीले पार्टी अध्यक्षका हैसियतले संयुक्तरुपमा गर्दै आएको पार्टी कामको जिम्मेवारी दाहाललाई सुम्पेका थिए । 

त्यही जिम्मेवारीअनुसार आफूले गरेका कामबारे उनले ओलीलाई सूचित गरे । 

अब पार्टी कामको एकल जिम्मेवारी दाहालले नै पाइरहन्छन् कि त्यसमा ओलीको पनि पूर्ववत् साझेदारी रहन्छ रु नेपकपाका धेरै नेताहरु प्रधानमन्त्री ओलीले आगामी दिनमा चाल्ने कदमलाई चासोपूर्ण नियालिरहेका छन् । 

उपचारका लागि सिंगापुर जानुअघि ओलीले सरकारका तर्फ आफूले ध्यान दिने र पार्टी काममा दाहालको भूमिका मुख्य हुने धारणा पार्टी सचिवालयमा राखेका थिए । अब यसको व्यावहारिक कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चासो सत्तारुढ वृत्तमा छ । यो समाचार कान्तिपुर दैनिकामा दुग्र्गा खनालले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप